मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

स्व. कमलाको स्मृतिमा दीप प्रज्वलन

स्व. कमलाको स्मृतिमा दीप प्रज्वलन


हिमालयखवर संवाददाता
ड्यालस (टेक्सस) – नेपाली समुदायमा अतिनै सहयोगीका रुपमा परिचित स्व. कमला शाक्यको स्मृतिमा आइतबार ड्यालसमा दीप प्रज्वलन (क्यान्डल लाइड) आयोजना गरियो । 
 
अर्भिङको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा आयोजना गरिएको दीप प्रज्वलन कार्यक्रममा हिन्दु तथा बौद्ध परम्परा अनुसार मन्त्रोच्चारण सहित स्व. कमलाको आत्माको चीरशान्तिको कामना गरिएको थियो ।
 
ठूलो संख्यामा नेपाली समुदायको सहभागिता रहेको कार्यक्रममा स्व. कमलाका पति स्वयम्भूराज शाक्यले कमलाले समुदायमा गरेको योगदानका बारेमा स्मरण गर्दै उनका बारेमा जान्न चाहने, बुझ्न चाहनेका लागि सधैँभरि आपूm उपलव्ध रहेको बताए ।
 
करिब एकवर्षदेखि पाठेघरको क्यान्सरसँग लडिरहेकी कमलाको गत साता निधन भएको थियो । नर्सका रुपमा कार्यरत उनी नेपाली समुदायका हरेक कृयाकलापदेखि लिएर मन्दिरको स्थापनामा समेत सकृय थिइन् ।

शेयर गर्नुहोस:

0
Shares