२३ मंसिर, काठमाडौं । वाम गठबन्धनका उम्मेद्वार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड करिब १५ सय मतान्तरले अगाडि बढेका छन् । राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेलाई पछि पादै उनले अग्रता कायम गरेकान हुन् ।
दाहालले ३ हजार ७९५ मत प्रप्त गर्दा पाण्डेले २ हजार ३०८ मत पाएका छन् । चितवन क्षेत्र नम्बर ३ मा १ लाख २५ हजार ८२३ मतदाता छन् । दाहाललाई एमालेले सहयोग गरेको छ भने पाण्डेलाई नेपाली कांग्रेसको साथ छ ।
प्रतिक्रिया