मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गुरूकुलबाटै हराए दुई बालक

गुरूकुलबाटै हराए दुई बालक


कपिलवस्तु– कपिलवस्तुको एक गुरूकुल विद्यालयबाट दुई बालक बेपत्ता भएका छन् । यहाँको बाणगंगा नगरपालिका–२ मा रहेको मनकामना संस्कृत गुरूकुलमा अध्ययन गर्दै आएका दुईजना बालक यही सोमबारदेखि बेपत्ता भएका हुन् ।
 
जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा निवासी नीता भट्टराईका १० वर्षीय छोरा सागर भट्टराई र धनगढी घर भएका १२ वर्षीय अर्जुन सुवेदी बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ ।
 
दश दिनअघि मात्र विद्यालयमा अध्ययन गर्न आएका धनगढीका अर्जुनसँग आफ्नो छोरा पनि बेपत्ता भएपछि सागरकी आमा चिन्तित भएकी छन् । विद्यालयबाट बालक बेपत्ता हुँदासमेत विद्यालय परिवार बेखबर बनेको पारिवारिक स्रोतले गुनासो गरेको छ । 
 
गुरूकुलबाटै विद्यार्थी बेपत्ता भएपछि परिवारका सदस्य आक्रोशित भएका छन् । गत वैशाखदेखि विद्यापीठमा अध्ययनरत सागर लगनशील र मेहनती विद्यार्थी थिए ।
 
परिवारले बालक खोजी दिनका लागि इलाका प्रहरी कार्यालय, पिपरामा निवेदन दिएको र खोजीकार्य भइरहेको प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिए ।