मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दाङमा चार वटा अतिसंवेदनशील, एकसय ३६ वटा संवेदनशील मतदानस्थल

दाङमा चार वटा अतिसंवेदनशील, एकसय ३६ वटा संवेदनशील मतदानस्थल


तुलसीपुर । असार १४ गते हुन गइरहेको स्थानीय निकायको निर्वाचनलाई मध्यनजर गर्दै दाङ प्रशासनले यहाँका चार वटा मतदानस्थललाई अतिसंवेदनशील, १३६ वटालाई संवेदनशील ११ वटा मतदानस्थललाई सामान्यको सूचीमा राखेको छ । 
 
यसपटक जिल्लामा निर्वाचनको समयमा सबैभन्दा बढी सुरक्षा चुनौतीको रुपमा नेपाल कम्युनिस्ट पार्टी(विप्लब)को गतिविधिलाई लिएको छ । 
 
अन्य चुनौतीका रुपमा नेपाल–भारतको खुल्ला सिमाना, सडकको पहुँच नहुनु, निर्वाचन बिथोल्न सक्ने समूह र विगतका गतिविधिलाई मध्यनजर गर्दै प्रशासनले सुरक्षा सर्तकता अपनाएको हो । 
 
सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै निर्वाचनमा सुरक्षाकर्मी परिचालन गरिने निर्वाचन सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले जानकारी दिए । 
 
दाङमा चुनावका लागि नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरीलाई परिचालन गरेर चुनावलाई शान्तिपूर्ण बनाउने सुरक्षा योजना बनाइसकेको उनले बताए । त्यसैगरी निर्वाचनमा नेपाली सेनाले मतदानस्थल वरिपरि गस्ती गर्ने छ र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीले सुक्ष्मरुपमा अध्ययन गर्ने जनाइएको छ । 
 
दाङमा स्थानीय तह निर्वाचनका लागि १५१ वटा मतदानस्थल, ३५१ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । दुईवटा उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिकामा गरी दुई लाख ९१ हजार १५० मतदाता छन् । रासस