आज म बिहानै बाट अलि हतारो गर्दै थिएँ । कतै कुनै सामान नछुटोस भन्ने मेरो चाहाना थियो । यसैले पनि म हतार गर्दै थिएँ की म पहिलो पटक निकै लामो यात्रामा हुईकदै थिएँ लामो समयको लागि ।
समय बित्न कति बेर लाग्छ र सेकेण्ड मिनेट हुँदै कति खेर १० बजि सकेछ । म हतार हतार खाना खाएर सिधै अफिस तिर हुकिँए साथमा प्राण प्यारी र मेरी सानी छोरी पनि थिई । एकाएक मन अमिलो भएर आयो जाउँ की नजाउँ भयो, आ जे सुकै होस अब मैले यहाँ बसेर पनि केही गर्न सक्ने होईन जे सुकै होस एक पटक जानै पर्छ छोरा मान्छे हो देश पनि हेरिन्छ मुख पनि फेरिन्छ यही सोचेर जाने निधो गरेँ अनि मेनपावरलाई भने जति रकम पनि बुझाएँ मनले नमानी नमानी तर मेनपावरले जम्मा १० हजारको रसिद थमाई दियो हातमा । मलाई अच्चम लाग्यो किन १० हजारको मात्रै रसिद नि मैले सोधे हेर भाई हामीले यो भन्दा बढीको रसिद दिन मिल्दैन र एउटा कुरा यदि एरपोर्टमा कसैले सोध्यो भने पनि हामीले यो भन्दा बढी रकम दिएको छैन भन्नु नत्र फेरी विदेश जाने मान्छे बसौला नेपालमै भनेर उल्टै थर्काइ खाईयो ।
म अलि बुझने मान्छे आफैले आफैलाई ठगे जस्तो लाग्यो तै पनि जानै पर्ने भो नजाउँ भने पनि नेपालमा केही गर्ने सम्भावना नदेख्ने म । यसरी गलफती गरेर बस्दानै दुई घण्टा समय बितेको थाहै पाइने घडीको सुई घुमेर १२ बजाई सकेको थियो I अफिसको मान्छे कराउन लागे भाई बेलैमा जाऊ फेरी त्यहा ढिला पुग्यो भने अप्ठेरो तिमिलाईनै हो भन्न लागे । हो अब मैले त्यहाँ धेरै बेर बस्न उचित ठानिन जे हुनु गल्ती भैसकेको थियो मेरो त्यसैले म ट्याक्सी लिएर हुकिँए त्रिभुवन अन्तर्राष्ट्रिय बिमास्थल तिर । समय दिउँसोको १ बजि सकेको थियो I म भित्र छिर्दै थिएँ प्राण प्यारी भने सुँक्क सुँक्क गर्दै विधाईको हात हल्लाउँदै थिए । सँगै छोरी ले पनि अनि माईली फुपु भन्दै थिइन उता पुगेर फोन गर्नु यताको केही चिन्ता नगर्नु यती भन्दा फेरी मेरो मन धमिलेर आयो मैले केही बोल्न सकिन म सरासर भित्र छीरेँ ।
एरपोर्ट भित्र आफूले गर्ने काम सकेर एक पटक सबैलाई सम्झिएँ र एक्लै रुएँ एकान्तमा बसेर किनकी म पहिलो पटक विदेश जादै थिएँ । ठिक ४ः२५ मा कतारको लागि प्लेन उडयो मनमा डर लागिरहयो किनकी जुन बेला म भूकम्पको त्रासमै प्लेन चढेको थिएँ । नेपाल बाट उडेको प्लेन ले आसिँदै आफ्नो गति लियो मलाई झयालमा बस्ने ठुलो रहर थियो झयालमा बसेर नेपाल छोडदाको पीडालाई मन भित्र कैद गर्नु थियो तर मेरो रहर पुरा भएन । जे भए पनि मन्मा खुसी र पिडा दुवै थियो प्लेनले आफ्नो गति लिँदै नेपाल भारत, पाकीस्तान, अफगानिस्तान, बहराईन, दुवैको आकाश हुँदै बेलुकी करिब ६ः३० बजे कतारको विमान स्थलमा हामीलाई झारी दियो त्यस पछि त्यो विमान एकै छिन्मा कता बेपत्ता भयो मेसो पाउन सकिन पाउनु पनि कसरी हामीत भित्र भित्रै फेरी कुबेतको लागि अर्को प्लेनको पर्खाइमा थिएँ । करिब ५ घण्टा लामो बसार्इँ पछि कुवेतको लागि प्लेन आएको जानकारी सँगै फेरी लागे प्लेन तिर ।
पहिलो चोटि पर्देशीएको मेरो पाइला कुवेत एरपोर्टमा एकै छिनको लागि अडकियो यहाको तातो हावाले स्वागत गरेझैँ लाग्यो । जे भए पनि धेरै बेर कुर्नु परेन कम्पनीको एजेन्ट बाहिर हामीलाई नै कुरेर बसेको रहेछ हाम्रो २४ जनाको टोली रहेछ बल्ल गाडी भित्र छिरे पछि थाहा भयो कति जना रहेछौ भन्ने किनकी बिचमा कोही कसैसँग वोलचालनै भएन भन्दा पनि फरक नपर्ला सिवाए २ जना भन्दा बाहेक । कम्पनीको क्याम्पमा पुग्दा करिब बिहानको ३ बजिसकेको थियो। सबैलाई निन्द्राले मात लागेको प्रस्टै देखिन्थ्यो कतिबेला सुत्न पाईएला सबैको चाहाना यही थियो । खाजा खाएर क्याम बोसले सबैलाई अलग अलग कोठामा थन्क्यायो र ८ जनाको दरले त्यस पछि हामी पनि खुसी हँदै आ-आफ्नो ओछयान मिलाएर सुत्ने तरखरमा लाग्यौ ।
बिहान विउँझिदा ११ वजिसकेको रहेछ । खाना खाएर फेरी सुतेँ । यसरी करिब एक महिना सम्म कोठामै थन्किएर बसेको हाम्रो मनमा अनेक कुरा खेल्न थाल्यो न खेलोस पनि कसरी सबै ले भन्ने गथ्र्यो लौ केटा हो खाना दिएकै छ बस्न दिएकै छ तलब चाँही दिन्छ की दिंदैन भन्दै दिन भर सुतेरै दिन कटाउँथ्यौँ तर जे भए पनि कम्पनी राम्रो रहेछ हाम्रो पतका ( परिचय पत्र ) नआएर पो हामीलाई कोठामै राखेको रहेछ । बल्ल एक महिना पछि काममा लाग्यौं मनमा कताकता डर लागिरहेकै थियो मलाई काम गर्न सकिन्छ की सकिँदैन भनेर तर भाग्यले नै भन्नु पर्छ काम त खासै गाह्रो रहेन छ । काम सजिलै पाईकोमा खुसी पनि थिएँ म र दुखी पनि किनकी हामीले काम बाहिर गर्नु पर्ने रहेछ I यहाको चर्को घाम सायद ४५,५० डिग्री होला जे भए पनि यहाँ सरकारी प्रोजेक्ट भएर होला बिहानको ११ बजे पछि बाहिर काम गर्ने अनुमति नदिँदो रहेछ । जम्मा काम गर्नु पर्ने ८ घण्टा भए पनि बिहान ३ घण्टा मात्रै काम गर्दो रहेछ । बाकी दिन भर आरामले आराम गर्न पाउँदा रहेछन् अनि ओवर टाइमको लागि भने वेलुकी ८ घण्टाको समय सके पछि ४ घण्टा पाउने रहेछ त्ससमा पनि काम गर्ने भनेको कहिले आधा घण्टा त कहिले पुरै २ घण्टा गरे पछि ४ घण्टाको ओबरटाईम पाउने रहेछ यहाँ । भनिन्छ नि सरकारी काम कहिले जाला घाम त्यो नियम यहाँ पनि लागु हँदा रहेछन् ।
प्रतिक्रिया