हिमालयखबर संबाददाता-
काठमाडौँ (नेपाल ) I ‘ड्रिम्स’ पाईरेसीमा हाइलाइट नेपालकै कर्मचारीको संलग्नता रहेको पाईएको छ । बुधबार टेकुस्थित अपराध अनुसन्धान शाखाले पाइरेसीमा हाइलाइटमै काम गर्ने कर्मचारी संलग्न रहेको सार्वजनिक गरेको हो । सो कम्पनीमा काम गर्ने विधान गुरुङ यसका लागि मुख्य दोषी भएको प्रहरीले जनाएको छ ।
हाइलाइट त्यही कम्पनी हो जसले ‘ड्रिम्स’को डिजिटल अधिकार खरिद गरेको थियो । ‘ड्रिम्स’ पाईरेसीले आफूलाई १ करोड घाटा लागेको भन्दै निर्माता निर्देशक भुवन केसीले अपराध अनुसन्धान शाखामा निवेदन दिएका थिए । त्यही हाइलाइटले पनि पाइरेसी गर्ने पक्राऊ गरिपाउँ भनी निवेदन दिएको थियो । तर प्रहरीले अन्त्यमा हाइलाइटस्कै कर्मचारीबाट फिल्म पाईरसी भएको रहस्य उद्घाटन गर्यो ।
प्रहरीले बुधबार नै पक्राऊ परेका दुई विरुद्व अदालतमा अभियोग दर्ता गरेका निर्माता भुवन केसीले बताए । तर हाइलाइट्स क्षतिपूर्ति दिन तयार भएको पनि उनको भनाई छ ।
करोड भन्दा बढी लागतमा बनेको ‘ड्रिम्स’ युरोप, अरब तथा अमेरिकामा चल्न बाँकी रहेको थियो । पछिल्लो समय थुप्रै फिल्म पाइरेसी हुँदा पनि पुलिसले अपराधी समात्न सकेको थिएन । यही साल मात्र ‘बडा नम्बर छ’, ‘कबड्डी कबड्डी’, ‘पशुपति प्रसाद’, ‘प्रेमगीत’ पाईरेसीको मारमा परिसकेका छन् ।
प्रतिक्रिया