बिश्व घटना

समाजसेवी थापालाई पितृशोक, शनिबार अमेरिकामै दाहसंस्कार गरिने

समाजसेवी थापालाई पितृशोक, शनिबार अमेरिकामै दाहसंस्कार गरिने


ड्यालस(अमेरिका)। टेक्ससका समाजसेवी हरिबहादुर थापालाई पितृशोक परेको छ । 
 
उहाँका ७५ वर्षिय पिता यमबहादुर थापाको बुधबार ड्यालसमा निधन भएको हो । पारिवारिक भेटघाटका लागि १० महिना अघि श्रीमती सहित नेपालबाट अमेरिका आउनु भएका थापाको ब्रेन हेमरेज भएपछि उपचारको क्रममा निधन भएको हो । 
बाग्लुंग जिल्लाको सल्यानको थप्लुङ्ग फाँटमा जन्मेर हाल बुटवल  डोगीकुटीमा बस्दै आउनुभएका थापाका जेष्ठ सुपुत्र हरि ९ वर्षदेखि अमेरिकाको यूलेसमा बस्दै आउनु भएको छ । 
 
स्व. थापाका एक छोरा र दुई छोरी नेपालमा छन् । थापाको निधनप्रति टेक्ससका  नेपाली समुदायले दुख व्यक्त गरेका छन् । यसैबीच बुधबार  निधन हुनुभएका यमबहादुर थापाको शनिबार दाहसंस्कार गरिने भएको छ ।
 
नेपाली समाज समाज पूर्व अध्यक्ष एवं एनआरएन अमेरिकाका उपाध्यक्ष राम सी पोखेरलका अनुसार शनिबार दिउँसो २:३० बजे  क्रिमेसन सेन्टर किङस्टन ड्राइभ लुइजभिलमा दाहसंस्कार गरिन लागेको हो । त्यसअघि श्रद्धाञ्जलीका लागि १२:०० बजे   ह्युग्स क्राउनहिल फनरल होममा उहाँको शवलाई राख्ने कार्यक्रम छ । 
 
अन्तिम श्रद्धाञ्जली 
Hughes Crownhill Funeral Home
9700 Webb Chapel Rd
Dallas TX, 75220
समय: दिउसो १२:००  बजे 
 
दाहसंस्कार:
Cremation Center
1230 Kingstone Drive
Lewisville TX, 75067
समय: दिउसो २:३०   बजे