चितवन । गैँडाको आक्रमणबाट पश्चिम चितवनको पदमपोखरीकी एक महिलाको मृत्यु भएको छ । भरतपुर उपमहानगरपालिका–२७ पदमपोखरीकी स्थानीय ३५ वर्षीया मुना हमालको गैँडाको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बिहान ११ः३० बजेको समयमा चितवन निकुञ्ज छेउमा घाँस काट्न गएका बेला एक्कासि गैँडाले आक्रमण गरेर उनलाई गम्भीर घाइते बनाएको थियो । उपचार क्रममा दिउँसो १ः३५ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि वैशाख २२ गते चितवनको माडीमा गैँडाले आक्रमण गर्दा रिउ नदी किनारमा घुँगी टिप्न गएका ६५ वर्षीय सुकबहादुर बोटे गम्भीर घाइते भएका थिए ।
प्रतिक्रिया