बिश्व घटना

नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल आज कोलोराडो आउने

नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल आज कोलोराडो आउने


हिमालय खबर संबाददाता-
कोलोरोडो (अमेरिका)।  नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल आज वुधवार कोलोराडो स्थित डेनभर आउने भएका छन् । निजी भ्रमणमा अमेरिका आएका वरिष्ठ नेता पौडेलले मंगलवार सान्फ्रान्सिस्कोमा सार्वजनिक कार्यक्रममा सहभागी भएका थिए । उनी  त्यहांवाट कोलोराडो आउन लागेका हुन् । 
 
दुई दिने डेनभर बसाईका क्रममा पौडेलले जनसम्पर्क समिति अमेरिका कोलोराडो च्याप्टरले विहिवार सांझ आयोजना गर्ने कार्यक्रममा पनि सहभागिता जनाउने छन् । त्यसवाहेक नेपाली कांग्रेसका स्थानिय कार्यकर्तासंग पनि पौडेलले भेटघाट गर्ने कार्यक्रम छ। 
 
यस पछि न्युयोर्कमा नेपाली कांग्रेसका स्थानिय कार्यकर्तासंग पनि पौडेलले भेटघाट गर्ने कार्यक्रम छ ।