मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनलाई प्रान्तीय राजधानी बनाउन पहल गरिने

चितवनलाई प्रान्तीय राजधानी बनाउन पहल गरिने


चितवन । चितवनका क्रियाशील राजनीतिक दलहरुले जिल्लालाई प्रदेश नम्बर–३ को प्रान्तीय राजधानी बनाउन पहल गर्ने भएका छन् । 
 
चितवनको भरतपुरमा बसेको क्रियाशील राजनीतिक दलहरुको संयुक्त बैठकले यस्तो पहल गर्ने निर्णय भएको हो । प्रान्तीय राजधानी बनाउने विषय अहिले चर्चामा आउन थालेपछि चितवनका राजनीतिक दलहरुले पनि चासो देखाउन थालेका छन् ।
 
“चितवन सबै क्षेत्र, संभावनाको हिसाबले उपयुक्त जिल्ला हो, हामी प्रान्तीय राजधानी बनाउन सबै राजनीतिक दल एकजुट भएका छौं”–बैठकमा सहभागि नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले भने । उनले यसका लागि सरोकारवाला निकायहरुसंग छलफल गरी आवश्यक कदम चाल्ने जानकारी दिए ।
 
यसैगरी बैठकले भारतीय अघोषित नाकाबन्दी खुलेको लामो समय भईसक्दा पनि चितवनमा अझै इन्धन सहज नभएकोप्रति ध्यानाकर्षण जनाएको छ । “नाकाबन्दी खुलेको पनि लामो समय भईसक्यो, तर अझै इन्धनका लागि जनता लाईनमा बस्नु परेको छ, यसको समाधान छिट्टै गर्न प्रशासनाको ध्यानाकर्षण गराएका छौं”–काँग्रेस सभापति श्रेष्ठले भने । उनले यस विषयमा जिल्ला प्रशासनमा प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्ने बैठकले निर्णय गरेको जानकारी दिए ।
 
यसैगरी बैठकमा रत्ननगर सडक निर्माणमा ढिलाई, चनौली र गीतानगर सडक खण्डको निर्माणमा भईरहेको ढिलाईबारे छलफल भएको छ । जनताले धुलो खाएर समस्यामा परेको भन्दै तत्काल काम अघि बढाउन राजनीतिक दलहरुले सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।
 
नेकपा एमालेको पाटी कार्यालयमा बसेको बैठकमा एमालेका जिल्ला अध्यक्ष जगन्नाथ थपलिया, पूर्व जिल्ला अध्यक्ष विजय सुवेदी, राप्रपा नेपालका अध्यक्ष बद्री तिमिल्सेना, राप्रपाका रामहरि कंडेल, राष्ट्रिय जनमोर्चाका अमरबहादुर क्षेत्री, एमाले पार्टी कार्यालय सचिव पदमपाणि सुवेदीलगायतको उपस्थिति थियो ।