बिश्व घटना

अमेरिकामा नेपाली नयाँ बर्षमा भव्य ‘नेपाल नाच्छ’ सम्पन्न

अमेरिकामा नेपाली नयाँ बर्षमा भव्य ‘नेपाल नाच्छ’ सम्पन्न


हिमालय खबर संबाददाता –
ड्रयालस (अमेरिका )-  विगतका वर्षहरुमा जस्तै यस पटक पनि नेपाली नयाँवर्षको पूर्वसन्ध्यामा ड्यालसमा डान्सपार्टी भव्य रुपमा मनाइएको छ । 'नेपाल नाच' नाम दिइएको यो कार्यक्रममा १८ वर्ष उमेर पुगेकालाइ मात्र प्रवेश दिइएको थियो । 
 
स्थानीय नेपाली संस्था विज इन्टरटेनमेन्टको आयोजनामा पाँचौ श्रृङ्खलाको रुपमा भएको 'नेपाल नाच्छ' कार्यक्रममा  एकहजार भन्दा बढी नेपालीहरूको सहभागिता रहेको संस्थापकद्वय बचन तिवारी र विपिन थकाली (डिजे मोमो) ले हिमालय खबर संगको कुराकानीमा  बताए ।
 
शनिबार राति ९ बजे सुरू भएर अइतबार विहान २ बजेसम्म चलेको कार्यक्रममा समाजका यसअघि नदेखिने नेपाली युवाहरूको भव्य सहभागिता थियो । २० डलर प्रवेश शुल्क तोकिएको यो कार्यक्रममा नेपाली ख्यातिप्राप्त गायक सुरेन्द्रमान सिंह, डिजे प्रशान्त, डिजे मोमो, डिजे सुशान्त, डिजे नितेश र डिजे विश्वको विशेष प्रस्तुति थियो । नेपालीहरू पाँच घण्टासम्म गीत संगीत र नाचमा झुमेका थिए । 
 
नेपाली समाजका अध्यक्ष कृष्ण लामिछाने लगाएत टेक्ससमा  रहेका  विभिन्न नेपाली  संघ-संस्थाका पदाधिकारीहरु समेत उपस्थिती रहेको थियो।