बिश्व घटना

शुक्रबारदेखि “नाइ नभन्नु ४” एकैपटक ५५ वटा भन्दा बढी हलहरूमा

शुक्रबारदेखि “नाइ नभन्नु ४” एकैपटक ५५ वटा भन्दा बढी हलहरूमा


हिमालय खबर संबाददाता, काठमाडौं । बहुप्रतिक्षित नेपाली चलचित्र ‘नाई नभन्नु ल–४’ लाई सोमबार चलचित्र जाँच (सेन्सर) बोर्डले स्विकृती दिएको छ । यो स्विकृतीपछि चैत्र २६ २०७२ (अप्रिल ८, २०१६ ) देखि एकैपटक नेपालका ५५ वटा भन्दा बढी हलहरूमा चलचित्र प्रदर्शनमा आउने भएको छ ।
 
 यसपटक अष्ट्रेलियाको सिड्नी र अमेरिकामा समेत प्रदर्शन गर्न लागिएको निर्देशक विकासराज आचार्यले हिमालय खबर संगको कुराकानीमा जानकारी दिनुभयो ।
 
याे चलचित्रले बच्चादेखि बृध्दसम्म, स्वदेशदेखि विदेशसम्म सबैलाइ समेट्ने र सबैलाइ मन पर्ने कथावस्तु रहेकाे छ ।
 
नाई न भन्नु ल ४ का छायांकित गीतहरू र केही झलकहरु प्रचारमा आइसकेका छन् र अत्यधिक प्रशंसा पाइरहेका छन् I बसन्त सापकोटाको संगीत, पुरुषोत्तम प्रधानको छायांकन रहेको यो चलचित्रको लेखन भने निर्देशक आचार्यले सामिप्यराज तिमिल्सिनासँग मिलेर गर्नुभएको हो ।  
 
यो चलचित्रमा प्रियंका कार्की, सरोज खनाल, पल शाह, वर्षा राउत, आँचल शर्मा र बालकलाकार अनुभव रेग्मी लगायतका कलाकारको अभिनय छ भने यो चलचित्रमा अमेरिकाका   नेपाली प्रतिष्ठित व्यबसायी हरिबोल भण्डारी र अष्ट्रेलियाका दिनेश पोखरेलले लगानी गरेका छन् । 
 
याे फिल्म रहेकाे 'उत्तरमा छन् है बुढासुब्बा' बाेलकाे गीतलाइ अहिलेसम्म युटुबमा साढे १४  लाख भन्दा बढी र 'चियाकफी' बाेलकाे गीतलाइ १० लाख भन्दा बढीले हेरिसकेका छन् ।
 
 
 'चियाकफी' बाेलकाे गीतलाइ १० लाख भन्दा बढीले हेरिसकेका
 
नेपाली कथानक चलचित्र नाइ नभन्नु ल ४ को  अमेरिकाभरि वितरणको  अधिकार युवा फिल्म्सले खरिद गरेको  छ । आशिष श्रेष्ठ, गौरी जोशी  र केशब खड्रकाले स्थापना गरेको  यो  कम्पनीले भविष्यमा अरूपनि नेपाली चलचित्र ल्याएर प्रदर्शन गर्ने योजना बनाएको  छ ।
 
यसअघि यो  कम्पनीले निकैनै चर्चित नेपाली चलचित्र कबड्रडी कबड्डी ल्याएर प्रदर्शन गरिसकेको  छ । नेपाली चलचित्रपालीहरूको  घना आवादी भएका अमेरिकाका सबै शहरहरूमा नेपाली फिल्म ल्याएर नेपालीहरूको  घना अवादी भएका सबै शहरहरूमा प्रदर्शन र वितरण गर्ने उदेश्यले यो  कम्पनी स्थापना गरिएको हो  ।
 
अहिलेसम्म रेष्टुरा, सामुदायिक हलहरूमा मात्र नेपाली फिल्म प्रदर्शनी हुँदै आएको  छ । यो कम्पनीले अमेरिकाका ख्यातीप्राप्त थियटरहरूमा समेत अब नेपाली फिल्मको  प्रवेश गराउने योजना राखेको  सञ्चालकहरूले हिमालयन खबरलाइ बताए  ।
 
नाइ नभन्नु ल ४ चलचित्रलाइ अमेरिकाका ३० भन्दा  बढी हलहरूमा एकसातासम्म कम्तिमा दिनको  दुइपटक प्रदर्शन गर्ने योजनामा युवा फिल्म्स रहेको  छ ।