मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

रत्ननगरमा धार्मिक महायज्ञ सुरू

रत्ननगरमा धार्मिक महायज्ञ सुरू


चितवन । भूकम्पपीडित बालबालिकाका लागि पूर्वी चितवनको  रत्ननगरमा शुक्रबारदेखि धार्मिक महायज्ञ सुरू भएको छ । 
 
देवघाटमा गुरूकुल निर्माण गर्न र हिन्दू धर्म संरक्षण गर्न विश्व जागरण महाअभियान ट्रस्टले रत्ननगरमा धार्मिक महायज्ञ गरेको हो ।
 
महायज्ञको पण्डित जगन्नाथ स्वामी, ट्रस्टका संरक्षक ईश्वर कृष्ण महाराज जी र १०० वर्षका वृद्ध खडानन्द पौडेलले संयुक्त रुपमा उद्घाटन गरेका थिए । महायज्ञ उद्घाटन पूर्व रत्ननगरमा विशाल कलशयात्रा निकालिएको थियो ।
 
महायज्ञबाट संकलित रकबाट देवघाटमा गुरूकुल निर्माण गरी भूकम्पबाट प्रभावित भएर अनाथ बनेका ५० बालबालिकालाई शिक्षा प्रदान गर्ने योजना रहेको ट्रस्टका संरक्षण ईश्वर कृष्ण महाराज जीले जानकारी दिए । 
 
ट्रस्टका संरक्षक ईश्वर कृष्ण महाराजले कथा वाचन गर्नेे महायज्ञमा महाशिवरात्री महोत्सव, दैनिक कथा वाचन, राष्ट्रिय कलाकारबाट भजनकीर्तन, १००८ शालिग्राम भगवानको १ करोड परिक्रमा, घर घरलाई मन्दिर बनाउने अभियानअन्र्तगत अखण्ड कीर्तन गरिने महोत्सव मूल समारोह समितिका संयोजक हरिशरण पाठकले जानकारी दिए ।
 
महायज्ञ सञ्चालनको अवधिमा जनजनमा हिन्दू धर्मको सञ्चार गराउन घरघरमा भगवानको मुर्ति स्थापना गर्ने अभियान चलाइने छ । हिन्दू धर्मको प्रचार गर्न जिल्लाका १५० वटा घरमा भगवानको मूर्ती भित्र्याउने योजना रहेको छ । 
 
उद्घाटन कार्यक्रममा नेपालकै एक मात्र महिला भागवत वाचिका तारामाता, रत्ननगर नगरपालिकाका खेला शाखा प्रमुख सीताराम पोखरेल, नेपाल उच्च माविका प्राचार्य गोपालशर्मा आचार्य, श्रीकृष्ण प्रणामी सेवा समितिका पूर्वकेन्द्रीय उपाध्यक्ष तिलकराज शर्मा पौडेललगायतले बोलेका थिए ।
 
उद्घाटन कार्यक्रम मूल समारोह समितिका संयोजक हरिशरण पाठकको अध्यक्षतामा भएको थियो । महायज्ञ फागुन २५ गतेसम्म चल्ने छ ।