मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालको सविधान संसारकै उत्कृष्ट : नेता लेखक

नेपालको सविधान संसारकै उत्कृष्ट : नेता लेखक


काठमाडौँ, २२ मङ्सिर । नेपाली काँग्रेसका नेता रमेश लेखकले नयाँ सविधान संसारको उत्कृष्ट सविधान भएको बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा नेता लेखकले सविधानसभाबाट सविधान जारी गर्ने विषय आफैँमा जटिल भएको उल्लेख गर्दै सबै जात, धर्म, भेषभूषा, वर्ण, समुदायका अधिकारलाई सुनिश्चित गरेकाले नयाँ संविधान उत्कृष्ट भएको बताउनुभयो ।

Advertisement
ADVERTISEMENT

संसारका जुनसुकै सविधानसँग नेपालको संविधान तुलना गरी हेर्ने हो भने पनि नेपालको संविधान उत्तम भएको दाबी गर्दै उहाँले सविधानमा केही कुरा संशोधन गर्ने विषय निरन्तर चलिरहने प्रक्रिया भएकाले चित्त नबुझेका विषय छलफल र वार्ताबाटै समाधान हुने स्पष्ट पार्नुभयो ।
उहाँले मधेसी दलका मागलाई जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निधारण गर्ने, प्रदेशको सीमाङ्कन गर्ने विषय र संविधान संशोधन गर्ने विषयलाई तीन महिनाको समयसीमा राखी समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।

सोही कार्यक्रममा सद्भावना पार्टीका सहअध्यक्ष तथा सांसद लक्ष्मणलाल कर्णले संविधानमा मधेसका समस्यालाई नसमेटिएकाले आन्दोलन गर्नुपरेको बताउँदै मधेसी दलले राखेको मागेबारे स्पष्ट गरी वार्तामा आउन सरकारलाई आग्रह गर्नुभयो ।

नयाँ शक्तिका सहसंयोजक देवेन्द्र पौडेल नयाँ सविधानमा सङ्घीयता, गणतन्त्रलाई संस्थागत गर्ने र समानुपातिक समावेशी भन्ने कुरा आंशिक रुपमा मात्र समेटेको उल्लेख गर्नुभयो ।

भूकम्पपछि नेपालले अर्बौंको घाटा व्यहोर्नुपरेको बताउँदै उहाँले मधेस आन्दोलन र भारतको अघोषित नाकाबन्दीले नेपाललाई आर्थिकमात्र नभई सामाजिक सद्भाव खलबलिने खतरा बढ्दै गएको बताउनुभयो ।

उहाँले छिटो कूटनीतिक रुपमा छिमेकीसँगको समस्या समाधान गरी मुलुकलाई निकासको बाटो लैजान सरकारसँग आग्रह गर्नुभयो । रासस 

शेयर गर्नुहोस:

0
Shares