मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नाकाबन्दीबाट भूकम्पभन्दा तीनगुणा बढी क्षति : नेता थापा

नाकाबन्दीबाट भूकम्पभन्दा तीनगुणा बढी क्षति : नेता थापा


मन्थली, १७ मङ्सिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले भारतले गरेको अघोषित नाकाबन्दीबाट गत वैशाखमा गएको विनाशकारी भूकम्पभन्दा तीन गुणाले नेपालको अर्थतन्त्रमा क्षति पुगेको बताउनुभएको छ ।

नेपाल महिला सङ्घले आज रामेछापमा आयोजना गरेको जनकपुर अञ्चलस्तरीय विचारगोष्ठीमा उहाँले नाकाबन्दी कूटनीतिक प्रयासबाट समाधान गर्नेभन्दा पनि सरकारका जिम्मेवार व्यक्ति नै आरोप प्रत्यारोपमा उत्रिएकाले समस्या झन् जटिल बन्दै गएको धारणा राख्नु भयो ।

Advertisement

नेपाली काँग्रेसकै नेतृत्वमा जारी भएको संविधानलाई कार्यान्वयनमा लैजाने जिम्मेवारीसमेत काँग्रेसको रहेको उहाँको भनाइ थियो । रासस

शेयर गर्नुहोस:

0
Shares