मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो


रामपुर (पाल्पा), ११ मङ्सिर । पाल्पाको झडेवामा यात्रुबाहक जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

मृत्यु हुनेहरुमा झडेवाका ६४ वर्षीया रम्भादेवी गाहा, गोठादी– ३ बस्ने ७२ वर्षीय टुकबहादुर लुम्ले र रहवास– ६ का खड्गबहादुर सुहान रहेका छन् भने दुई बच्चासहित २२ जना घाइते यात्रुलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास र युनाइटेड मिसन अस्पताल, तानसेन लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, पाल्पाका प्रमुख प्रहरी नायब निरीक्षक प्रविन आचार्यले जानकारी दिनुभयो ।

Advertisement
ADVERTISEMENT

तानसेनबाट आज बिहान ८ बजे गोठादीका लागि छुटेको लु १ ज १९२२ नंको जिप झडेवा–२ देउगिरमा दुर्घटना भएको हो । जिप सडकबाट करिब ३०० मिटर तल खसेको छ । रासस 

शेयर गर्नुहोस:

0
Shares