मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मोर्चाको अवरोधपछि संसद बैठक स्थगित, अर्को बैठक मंसिर ६ गते बस्ने

मोर्चाको अवरोधपछि संसद बैठक स्थगित, अर्को बैठक मंसिर ६ गते बस्ने


काठमाडौँ, २३ कात्तिक । तराई मधेस केन्द्रित राजनीतिक दलले व्यवस्थापिका–संसद्को आजको बैठक अवरुद्ध गरेका छन् ।

थरुहट तराई पार्टीका सांसद गोपाल दहितले नयाँ संविधानले तराई मधेसको समस्या समाधान गर्न कुनै चासो नदिएको भन्दै सदनको कारबाही चल्न नसक्ने बताउनुभएपछि तराई मधेस केन्द्रित दलका सांसदले नाराबाजी गर्दै संसदको कारबाही चल्न नसक्ने भन्दै नाराबाजी गर्नुभयो ।

Advertisement

सभामुख ओनसरी घर्तीले पटक–पटक आसन ग्रहण गर्न सांसदलाई आग्रह गर्नु भएपनि नाराबाजी कायम रहेका कारण उहाँले बैठक स्थगन गर्नुभयो । तराई मधेसको माग सम्बोधन गर्न तत्काल संविधान संशोधन गर्नुपर्ने, सङ्घीय प्रदेशको सीमाङ्कनलगायत विषय सच्याइनुपर्ने उहाँहरूको माग थियो ।

यसरी माग गर्ने दलमा सङ्घीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, तराई मधेस सद्भावना पार्टी, सद्भावना पार्टी, थरुहट तराई पार्टी नेपाल, सङ्घीय लोकतान्त्रिक मञ्च थरुहट, नेपाली जनता दललगायत छन् ।

लगातारको नाराबाजीपछि सभामुख घर्तीले व्यवस्थापिका–संसद्को अर्को बैठक आगामी मङ्सिर ६ गते आइतबार बिहान ११ बजे बस्ने गरी स्थगन गरिएको जानकारी गराउनुभयो ।

शेयर गर्नुहोस:

0
Shares