काठमाडौं । भारतले अघोषित नाकाबन्दी कायमै राखेपछि नेपाल आयल निगमले विकल्पको रुपमा अन्य मुलुकसँग तेल किन्न गृहकार्य अघि बढाएको छ । सरकारी निर्देशनअनुसार आयल निगमले भारतको विकल्प खोज्न लागेको हो । 
	भारतले पेट्रोलियम पदार्थ दिन आनाकानी गरेको र नाकामा पनि अवरोध कायमै राखेपछि सरकारले विकल्प खोज्ने निर्णय गरेको थियो ।
	मन्त्रिपरिषद्को निर्णयबारे मंगलबार बाणिज्य मन्त्रालयले जानकारी गराएपछि आयल निगमले बुधबारदेखि बिकल्पहरुबारे छलफल थालेको जनाएको छ । 
	निगमका कार्यकारी दिर्नेशक गोपालबहादुर खड्काले सरकारले गरेको निर्णयअनुसार तेल ल्याउन भारतको विकल्प खोज्न लागिएको बताए । तेल कुन देशबाट ल्याउने गृहकार्य भइरहेको भन्नेचाहिँ उनले खुलाउन चाहेनन् । 
	चीनसँगको नाका पुग्ने सडक मार्ग खुलेकाले सम्भव भएसम्म चीनबाट तेल ल्याउने गरी प्रक्रिया अघि बढेको निगमका एक अधिकारीले बताए ।

 
                                                    


                    
                    
                    
                    
प्रतिक्रिया