मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नाकाबन्दी हाम्रो कारणले होइन : गच्छेदार

नाकाबन्दी हाम्रो कारणले होइन : गच्छेदार


भक्तपुर । मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छेदार र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच मंगलबार वार्ता भएको छ ।

सानोठिमीस्थित ठाकुर निवासमा भएको उक्त वार्तामा दुई नेताबीच तराई आन्दोलन, भारतले गरेको अघोषित नाकाबन्दी र तीन दलले गठन गरेको वार्ता टोलीसँग हुने वार्ताका विषयमा छलफल भएको बताइएको छ ।

वार्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छेदारले तराईमा मधेस र थारू समुदायले गरेका आन्दोलनका कारण भारतले नाकाबन्दी नगरेको दाबी गर्नुभयो ।

“भारतले दसैँको बेलामा नाकाबन्दी गर्नु राम्रो होइन, तराईमा हामीले गरेको आन्दोलनका कारण नाकाबन्दी गरेको होइन,” गच्छेदारले भन्नुभयोे – “नाकाबन्दीले दसैँ को मुखमा दैनिक उपभोग्य सामानदेखि पेट्रोलियम पदार्थको समेत हाहाकार भएको छ, यो समस्यालाई समाधान गर्न सरकार र सत्ताधारी दलले छिटो पहल गर्नुपर्छ ।”

देशलाई छिटो निकास दिन सरकार र सत्तापक्ष जिम्मेवार र गम्भीर भएर लाग्नुपर्ने बताउँदै उहाँले तमलोपा अध्यक्ष ठाकुरसँग मधेसका मुद्दालाई एक बनाएर वार्तामा बस्ने बारेमा छलफल भएको उहाँले जानकारी दिनुभयो ।

आज अपराह्न चार संसदीय दलको कार्यालयमा हुने मधेसी दलहरूको छलफलले सरकारसँग कसरी प्रस्तुत हुने र वार्तामा कसरी जाने भन्ने निर्णय गर्ने र भोलिदेखि आफूहरू वार्तामा बस्न सक्ने उहाँले बताउनुभयो । रासस