मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पत्रकार महासंघलाई सांसद पाण्डेको सहयोग

पत्रकार महासंघलाई सांसद पाण्डेको सहयोग


चितवन । नेपाल पत्रकार महासंघ, चितवनलाई सांसद विक्रम पाण्डेले एक लाख एक हजार रुपैयाँ नगद सहयोग गरेका छन् । सांसद पाण्डेले महासंघको निर्माणाधीन भवनका लागि उक्त रकम सहयोग गरेका हुन् ।
 
मङ्गलबार पत्रकार महासंघको कार्यालयमा पुगेर पाण्डेले महासंघका जिल्ला अध्यक्ष हरिप्रसाद पोखरेललाई उक्त रकम हस्तान्तरण गरेका थिए । त्यस अवसरमा सांसद पाण्डेले पत्रकारहरुले नयाँ संविधान ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका भन्दै लोकतन्त्रको मेरुदण्डको रुपमा रहेको पत्रकारिता क्षेत्रको संस्थागत विकासका लागि पत्रकार महासंघलाई सहयोग गरेको बताए ।
 
राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्रीसमेत रहेका पाण्डेले नयाँ संविधानको प्रभावकारी कार्यान्वयनका लागि आफू अग्रसर रहने प्रतिवद्धतासमेत जनाए । संविधान कार्यान्वयनका लागि प्रमुख दलहरुलाई घच्घच्याउन पत्रकारहरुलाई पाण्डेले आग्रह गरे ।
 
पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेलले महासंघको संस्थागत विकासमा साथ दिएकोमा साँसद पाण्डेलाई धन्यवाद दिए । उनले संविधानमा
पत्रकारका सबै मुद्दा नअटाए पनि आगामी दिनमा बन्ने ऐन कानुनमा समेट्न आग्रह गरे ।  सांसद पाण्डेले पत्रकार महासंघको निर्माणाधीन भवनको निरीक्षणसमेत गरेका थिए ।
 
तीन वर्षे कार्ययोजनाअनुसार जिल्लाकै सुविधायुक्त ‘सूचना केन्द्र’ बनाउने घोषणा गरी नेपाल पत्रकार महासंघ, चितवन शाखाको अहिले भवन निर्माणको काम भइरहेको छ ।  
 
०६१ माघ ९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल पत्रकार महासंघ, चितवनको भवन शिलान्यास गरेका हुन् । गएको २०५९ सालमा जिल्ला विकास समिति चितवनले महासंघका लागि जग्गा उपलव्ध गराएको थियो ।