मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

डिसीमा बी पी जन्म जयन्ती तथा गणेश मान सिंह जन्म शताव्दी विशेष कार्यक्रम सम्पन्न

डिसीमा बी पी जन्म जयन्ती तथा गणेश मान सिंह जन्म शताव्दी विशेष कार्यक्रम सम्पन्न


 
वाशिंगटन डिसी–नेपाली जन सम्पर्क समिति अमेरिका भर्जिनिया शाखाको आयोजनामा नेपाली काँग्रेसका संस्थापक, नेपाली प्रजातान्त्रिक इतिहासका महान् पुरुष,प्रथम जन निर्वाचित प्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार स्वर्गिय विश्वेश्वर प्रसाद कोइरालाको जन्म जयन्ती साथै नेपाली काँग्रेसका संस्थापक एवम जनआन्दोलन २०४६ का सर्वोच्च कमान्डर लौह पुरुष स्वर्गिय श्री गणेश मान सिंहको जन्म शताब्दीको अवसरमा जन्म शताब्दीको विशेष कार्यक्रम डिसी महानगर क्षेत्रको भर्जिनियामा भव्यताको साथमा सम्पन्न भएको छ l
उक्त कार्यक्रमको नेपाली सङ्घ संस्थाका पदाधिकारी, बुद्धिजीवी, साहित्यकार, कलाकार, सन्चारकर्मी, विद्यार्थी, व्यवसायी, समाज सेवी, विभिन्न राज्यहरुबाट समेत आमन्त्रित विशेष व्यक्तित्वहरुको गरिमामय उपस्थिति रहेको थियो l
 
नेपाली जन सम्पर्क समिति अमेरिका भर्जिनिया शाखाका पदाधिकारीहरुको परिचय गर्दै यम कुमार सिटौलाले कार्यक्रम सञ्चालन गरेका थिए l कार्यक्रममको सुरुमा स्व बी.पी.कोइराला तथा गणेश मान सिंहको तस्बिरमा माल्यार्पण गर्दै एक मिनेट मौन धारण गरिएको थियो भने स्वागत मन्तव्य शाखाका उप सभापति टंक दाहालले गरेका थिए l
 
असल मान्छे बन्नु पर्छ भन्ने बीपीको धारणा थियो भन्दै कुसे औशी कै दिन सम्झेर यो कार्यक्रम राखेको शाखाका अध्यक्ष राम शरण हुमागाईले मन्तव्य व्यक्त गरेका थिए l मन्तव्य राख्ने क्रममा नेजाका अध्यक्ष गौतम दाहालले महा मानव बिपी कोइरालालाई दलको दायरा भित्र राखे अन्याय हुने विचार राखेका थिए l साहित्यकार कृष्ण धराबासीले बिपी र गणेश मानको बारेमा बोल्दै उनीहरूको अगाडी कसैलाई राख्न सक्दैनौ भन्दै बीपीको राजनैतिक बारेमा चर्चा नगरी साहित्य बारेमा मात्र चर्चा गरेका थिए l आफूले लेखेका पुस्तकहरू बारेमा चर्चा गर्दै आफूले २०४८ सालमा बिपी कोइरालाका उपन्यासहरु पहिलो लेखेको बताए l
 
कवि तथा साहित्यकार गोपाल रेग्मीले बीपीको बारेमा समर्पित गर्दै राष्ट्र मेल मिलाप तथा आई लव यु भन्ने कविता वाचन गरेका थिए l यसै गरी अर्जुन दाहाल ,अर्जुन सिग्देल ,राम चन्द्र भट्टराई ,राम मिश्र ,राजेन्द्र सेन्चुरी तथा एनआरएन भर्जिनिया शाखा सचिव कृष्ण भण्डारीले सान दाइ भन्ने कविता वाचन गरेका थिए l
 
अमेरिका नेपाल सोसाइटीका पूर्व अध्यक्ष नगेन्द्र पौडेलले मन्तव्यको क्रममा बिपी कोइराला तथा गणेश मान सिंहले प्रजातन्त्र का लागि शिरमा कात्रो बानी नेपाली जनतालाई प्रजातन्त्रको सास फेर्ने वातावरण बनाईदिने वहाहरुलाई शिर निहुर्याएर सम्मान गर्न चाहन्छु भन्दै शिर झुकाएका थिए l
यसै गरी अमेरिका नेपाल सोसाइटीका अध्यक्ष जीवन तिवारीले जन सम्पर्क समितिले अमेरिकामा प्रभावकारी काम गर्न अग्रसर होस् भन्ने सुझाव राखेका थिए l अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष सागर कंडेलले बीपीको मेल मिलापको नीति नेताहरूले बुझ्नु पर्ने अवस्था भएकोले त्यो संदेश अमेरिका बासीको तर्फ बाट जन सम्पर्क समितिले नेपाल पुराउनु पर्ने विचार राखेका थिए l
 
एनआरएन भर्जिनिया शाखाका अध्यक्ष मुक्ति दवाडीले बिपी कोइराला मेल मिलापको नीति र गणेश मान सिंहको पद त्याग गर्ने समर्पण को सराहना गरेका थिए l यस्तै गरी संस्थापक सदस्य पवन खनालले महिला नेतृत्वको बारेमा बोल्दै बिपी र गणेश मान सिंहको बारेमा जति बोले पनि न सकिने बताएकी थिइन् l न्युमेक्सिकि जन सम्पर्क समितिका पूर्व सभापति देश राज संयोकले नेपालमा कसरि आवाज पुर्याउने हो त्यो कुरामा ध्यान दिनु पर्ने बताए l नेपाली जन सम्पर्क समिति अमेरिकाका पूर्व सह संयोजक तथा महासमिति सदस्य वेद खरेलले बिपी कोइरालाको राजनैतिक विचार अहिले नेताहरूले अवलम्बन गर्न नसकेको तथा गणेश मान सिंह जस्तो त्यागी नेता बाट हामीले थुप्रै कुरा सिक्नु पर्ने बताए l
 
नेपाली जन सम्पर्क समिति न्यु योर्क लङ अाइलैन्ड्का सभापति विश्वराज बास्तोलाले आफू २०४५ सालमा राजनीतिमा लागेको भन्दै बिपी र गणेश मान सिंह प्रति भावपूर्ण रूपमा श्रद्धा गर्न चाहन्छु भने यसै गरी अर्थविद डा सुक देव शाहले नेपाल ईंडूरिङ्ग पोभरटि बारेमा केही जानकारी दिएका थिए l
 
नासोका अध्यक्ष गोपाल विश्वकर्माले जहाँ विभेद हुन्छ त्यहाँ विद्रोह हुन्छ मन्तव्य राख्दै बिपी र गणेश मान सिंहलाई संस्मरण गरेका थिए l यसै गरी मन्तव्य दिने क्रममा जन सम्पर्क समिति भर्जिनियाका पूर्व अध्यक्ष केशव बरालले बिपी कोइराला र गणेश मानको त्याग र तपस्या बारेमा छोटो चर्चा गरेका थिए l जन सम्पर्क समिति अमेरिकाका महा सचिव मुनेन्द्र नेवांगले बिपी कोइरालाले र गणेश मान सिंहले छोडेको कुरा अंगाल्न नसक्दा हामी कतै बाटो बिराएका त छैनौ भनी ध्यान आकर्षण गरेका थिए l प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कुमार कार्कीले मन्तव्य राख्दै बिपी कोइराला नेपालका मात्र हैन विश्व मै चर्चा रहेको जग जाहेर छ भन्नु भयो l गणेश मान सिंह र बिपी कोइरालाको बारेमा बोल्ने भन्दा शिर निहुर्याएर सम्मान तथा श्रद्धान्जली गर्दा अर्थ पूर्ण हुन्छ भन्नु भयो l
 
जन सम्पर्क समिति अमेरिकाका केन्द्रीय अध्यक्ष आनन्द विष्टले देश रोई रहेकोमा दुख लागेको भन्दै मुलुकले कहिले निकास पाउछ भन्ने कुरामा चिन्ता लागेको बताए l एक आपसमा काटमार र झगडा छ त्यसको अन्त्य हुनु पर्छ भन्ने आफूले वकालत गर्ने भन्दै जब जब देशमा युगान्तकारी परिवर्तन हुन्छन् त्यसमा विदेशमा बस्ने नेपाली चुप लागेर बस्दैनन विष्टले भने l
 
जन सम्पर्क समिति अमेरिकाकाको गतिविधि बारेमा संक्षेपमा जानकारी दिदै जन सम्पर्क समिति अमेरिकाले अब ठुलो भूमिका निर्वाह गर्ने विश्वास दिलाएका थिए l उक्त अवसरमा केशव बराललाई केन्द्रीय उप सभापतिमा विधान अनुसार मनोनीत गरेको घोषणा गरेका थिए l यसै गरी नेपाली जन सम्पर्क समिति अमेरिकाका पूर्व सह संयोजक तथा महासमिति सदस्य वेद खरेल तथा जन सम्पर्क समितिका पूर्व संयोजक विष्णु सुबेदीलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको घोषणा गरेका थिए l कार्यक्रमको सभापतित्व राम शरण हुमागाईले गरेका थिए l
 
डिसीमा बी पी जन्म जयन्ती तथा गणेश मान सिंह जन्म शताव्दी विशेष कार्यक्रम सम्पन्न
डिसीमा बी पी जन्म जयन्ती तथा गणेश मान सिंह जन्म शताव्दी विशेष कार्यक्रम सम्पन्न

 

डिसीमा बी पी जन्म जयन्ती तथा गणेश मान सिंह जन्म शताव्दी विशेष कार्यक्रम सम्पन्न
डिसीमा बी पी जन्म जयन्ती तथा गणेश मान सिंह जन्म शताव्दी विशेष कार्यक्रम सम्पन्न

 

डिसीमा बी पी जन्म जयन्ती तथा गणेश मान सिंह जन्म शताव्दी विशेष कार्यक्रम सम्पन्न
डिसीमा बी पी जन्म जयन्ती तथा गणेश मान सिंह जन्म शताव्दी विशेष कार्यक्रम सम्पन्न

 

डिसीमा बी पी जन्म जयन्ती तथा गणेश मान सिंह जन्म शताव्दी विशेष कार्यक्रम सम्पन्न

– See more at: http://brtnepal.com/news.php?pid=9797#sthash.iVYkEhHM.28Gigz6D.dpuf