मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

न्युयोर्कमा ट्राभलिङ किम्फ सम्पन्न्

न्युयोर्कमा ट्राभलिङ किम्फ सम्पन्न्


देशी विदेशी दर्शकहरुको सहभागीतामा अमेरिकाको न्युयोर्कमा काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव 'किम्फ' ट्राभलिङ किम्फका रुपमा सम्पन्न भएको छ । अगस्ट २९ मा न्युयोर्कस्थित शेर्पा किदुगको हलमा पहिलो पटक समपन्न् महोत्सवमा देशी विदेशी दर्शकहरुको सहभागीता रहेको थियो । 
 
 हिमाल एसोसिएसनले हरेक वर्ष गर्दै आएको किम्फलाई न्युयोर्कमा एभरेस्ट टाइम्सले सहआयोजना गरेको हो । नेपाली जनजीवनलाई दुरुस्त देखाउने खालका डकुमेन्ट्री किम्फ मार्फत न्युयोर्कमा देखाउन पाएकोमा आयोजक एभरेस्ट टाइम्सका प्रधानसम्पादक आङछिरिड शेर्पाले खुशी ब्यक्त गरे । पहिलो पटकनै दर्शकको उत्साहजनक सहभागीताले किम्फलाई निरन्तरता दिन उत्साहित बनाएको उनले बताए । यसपालि न्युयोर्क प्रदर्शनमा संकलित रकम भुकम्पले भत्केको सोलुखुम्बु केरुङस्थित चागेस्थान माध्यामिक विद्यालय निर्माणमा खर्च गरिने भएको छ । 
 
 कार्यक्रममा प्रमुख अतिथीका रुपमा नेपाल चलचित्र विकास बोर्डका सदस्य सुरेश दर्पण पोखरेलले नेपाली र्वतचित्र र छोटा फिल्महरु मार्फत नेपाली समाज, संस्कार र पर्यटनको प्र्वद्धन गर्न महोत्सव सफल भएको बताए । चलचित्र विकास बोर्डले लामो समयदेखी नेपालमा किम्फलाई सहयोग गर्दै आएको बताउँदै उनले भने  'सरकारले गर्नु पर्ने काम हिमाल एशोसीएशनले गरिरहेको छ। बोर्डका तर्फबाट थप सहयोगका लागी पहल गर्नेछु ।'
 
न्युयोर्कस्थित  महावाणीज्य दुतावासका कार्यवाहक नेपाली महावाणीज्य दुत नारायण प्रसाद मैनालीले लामो समयदेखी विदेशमा रहदै आएका नेपालीहरुले प्रर्दशन भएका फिल्महरु मार्फत आफ्नै गाउँघर र देश सम्झाएको बताए । आगमी वर्षदेखी न्युयोर्कमा यो महोत्सव गर्न वाणीज्य दुतावासले समेत सहकार्य गर्ने उनले बताए । ग्लोवल फिल्म फेस्टीभल सनफ्रन्सीस्कोका टीम लिडर प्रकाश थापाले नेपाली जनजीवनलाई प्रवासका नेपाली माझ ल्याउन महोत्सव सफल भएको बताए । उनले महोत्सवमा प्रर्दशीत फिल्म सुनाकली हेरेर मुगुको बालीकाहरुको फुटबलका लागी खेलकुद सामाग्रीहरु सहयोग गर्ने घोषणा गरे । एभरेस्ट टाइम्सका सम्पादक निमा पाख्रीनले महोत्सव सोचे भन्दा राम्रो भएको बताउँदै आउँदा दिनमा दर्शक सहभाीता अझ बढने बताए ।
 
 महोत्सवमा महावाणीज्य दुत मैनालीले सोलुखुम्बुको विद्यालयका लागी २०० डलर र गैर आवासीय नेपाली संघ एनआएन क्यानडाका बोर्ड सदस्य सन्तराज भण्डारीले १०० डलर सहयोगको घोषणा गरेका थिए । अन्तर्राष्ट्रिय ट्राभलिङ किम्फका संयोजक डम्बरकृष्ण श्रेष्ठले नेपाली तथा गैर नेपाली दर्शक, विभिन्न संस्थाका प्रतिनिधिहरु र पत्रकारहरु साथै फिल्म निर्देशकहरुलाई महोत्सव सफल पार्न सहयोग गरेकामा  धन्यवाद ब्यक्त गरेका थिए । 
 
नेपालका ४७ जिल्लामा प्रदर्शन भइसकेको किम्फ गएको फेब्रुअरीमा हङकङ र मकाउबाट देशबाहिर समेत गर्न थालिएको हो। किम्फको मुख्य कार्यक्रम चाहिँ हरेक वर्ष डिसेम्बरमा काठमाडौंमा हुँदै आएको छ। न्युयोर्क प्रदर्शनीमा यसपटक नेपाली पानोरमा अन्तर्गत उत्कृष्ट भएका भोजराज भाटद्वारा निर्देशीत  'सुनाकलीु', लक्छा बान्तवाको 'पवनु' , सचिन घिमिरेको  'पुन्टेको पांग्रो' र दिनेश पाल्पालीको 'बालकृष्ण सम' देखाइएको थियो। 
 
हङकङ र मकाउमा हरेक फेबु्रअरीमा हुने यो महोत्सव अमेरिकाको न्युयोर्कमा अबदेखी अगस्त अन्तिममा हुनेछ। किम्फमा हरेक वर्ष ५५ र ६० वटा मुलुकबाट ३०० भन्दा वढी फिल्म आउँछन्। तीमध्ये छानेर उत्कृष्ट फिल्महरूको प्रदर्शनी काठमाडौंको मूल कार्यक्रममा हुने गरेको छ। किम्फका अध्यक्ष बसन्त थापा फिल्म केवल मनोरञ्जनको साधन नभई यसबाट धेरै नौला ज्ञान, सूचना, विचार आदि पाउन सकिने भएकाले देशभित्र र बाहिर धेरैभन्दा धेरैले हेरुन् भनेर  '' ट्राभलिङ किम्फ '' सुरु गरिएको बताउँछन्। उनका अनुसार विभिन्न मुलुकमा बसोबास गरिरहेका नेपाली समुदायको माग र अनुरोध अनुसार थालिएको किम्फमा दर्शकको सहभागीता । स्थानीय आयोजकले आवश्यक स्रोत जुटाउन सके आगामी दिनमा फिल्म निर्देशकहरूलाई सामेल गराउने योजना रहेको उनले बताए। थापाले भने, 'देशबाहिरको हकमा हामी सुरूवाती चरणमा छौ, प्रदर्शनको बन्दोबस्त कस्तो हुन्छ स्थानीय आयोजकको क्षमताका आधारमा आगमी दिनहरुमा फिल्मकर्मीहरुलाई समेत सहभागी गराउने प्रयास गरिनेछ । न्युयोर्कको प्रर्दशनबाट हामी सन्तुष्ट छौ ।'