काबुल, १४ भदौ । अफगानिस्तानका तालिवानहरुका नेता मुल्लाह ओमार दुई वर्ष अघि नै मारिएको खुलासा भएको छ । मुल्लाहको निधन सन् २०१३ मा नै भएको थियो तर पनि उनीहरुले भने गत महिनामात्र त्यस समाचार सार्वजनिक गरेका थिए ।
उनी मारिएको दाबी अफगानिस्तानको गुप्तचर निकायले गरेको भए पनि त्यसमा तालिावनको विरोध रहेको थियो । उनीहरुले सो समाचार गलत रहेको दाबी गर्दै आएका थिए । दुई वर्षअघि नै अफगानिस्तानको गुप्तचर निकायले उनको निधनको समाचार सार्वजनिक गरेको थियो । तरपनि तालिवानले विरोध जनाएका थिए ।
सन् २०१३ मा नै उनी मारिएको समाचार केही उच्चस्तरीय तालिवान नेताहरुलाई मात्र भएको तरपनि त्यसलाई उनीहरुले आफैमा नै सीमित राखेको उनीहरुको भनाई छ । त्यस समाचारको सोमबारमात्र आएर पुष्टि भएको हो । सोमबार तालिवान नेतृत्वले नेता ओमारको जिवनी सार्वजनिक गरेका छन् ।
सन् २०१४ को अन्त्यसम्ममा अफगानिस्तानबाट नेटो सैनिक फिर्ता हुन लागेकोले तालिवानहरुले आफ्नो शक्ति कमजोर भएको देखिने हँदा सो बारेमा केही नभनेको उनीहरुको दाबी छ । उनी मारिएको समाचार सार्वजनिक नगरी नै तालिवानहरुले उनकै नामबाट विज्ञप्तिहरु प्रकाशन गर्ने गरेको थियो । गत जुलाई महिनामा अफगानिस्तानको सरकारले नै उनी मारिएको जिकिर गरेको हो ।
सन् २०१३ को अप्रिल महिनामा नै उनको निधन भएको समाचार तालिवानले सोमबार मात्र सार्वजनिक गरेका छन् । तालिवानले विज्ञप्तिमार्फ सो समाचार सार्वजनिक गरेका हुन् । तालिवानका नेता रहेका उनी सन् २००१ देखि नै अफगानिस्तानमा सार्वजनिक भएका थिएनन् । अफगानिस्तानमा अमेरिकी सैनिक प्रवेश गरेको सोही वर्षदेखि उनी भूमिगत रही आएका थिए । रासस/एएफपी
प्रतिक्रिया