मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

ठोरीलाई चितवनमा गाभ्न सभासदले बुझाए निवेदन

ठोरीलाई चितवनमा गाभ्न सभासदले बुझाए निवेदन


चितवन । चितवनका सभासद्हरुले पर्सा जिल्लामा पर्ने ठोरी, निर्मल बस्ती र स्वर्णपुर गाविसलाई चितवनमा गाभ्न माग गरेका छन् ।
 
सो क्षेत्रका जनताहरुको मागअनुसार ती तीन गाउँ विकास समितिलाई चितवन गाभ्न चितवनबाट प्रतिनिधित्व गर्ने संविधानसभा सदस्यहरुले सम्वाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईलाई निवेदन पेश गरेका हुन् । 
 
भारतसँग चितवनको सबैभन्दा पुरानो नाका ठोरी रहेको र अहिले पनि चितवनको माडीका बासिन्दाले बढी मात्रामा सो क्षेत्रबाट आवश्यक सामग्री ल्याउने गरेकाले ती गाउँ विकास समितिलाई चितवनमा ल्याउनुपर्ने सभासदहरुले समितिका सभापति भट्टराईसँग आग्रह गरेका हुन् ।
 
तीन गाविसका जनताले चितवनका सभासदहरुसँग आफूहरुलाई चितवनमा ल्याउनका लागि आग्ह गरेअनुसार सभासदहरुले त्यस क्षेत्रलाई चितवनमा ल्याउनका लागि आग्रह गरेको संविधानसभा सदस्य शेषनाथ अधिकारीले जानकारी दिए ।
 
पर्सा जिल्लामा पर्ने सो क्षेत्रका जनता अहिले पनि सदरमुकाम जानका लागि ठूलो समस्या पर्ने गरेको र चितवनमा सहज हुने गरेको सो क्षेत्रका जनताको भनाइ छ । सो क्षेत्रका जनताले केही दिनअघि जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेश गरी चरणवद्ध आन्दोलन गरिरहेका छन् ।