मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

लायन्सको कार्यक्रममा अमेरिका पुगेका ११ नेपाली न्युयोर्क एयरपोर्टबाटै फर्काइए

लायन्सको कार्यक्रममा अमेरिका पुगेका ११ नेपाली न्युयोर्क एयरपोर्टबाटै फर्काइए


न्युयोर्क, १२ असार । लायन्स इन्टरनेशनलको कार्यक्रममा भाग लिन नेपालबाट अमेरिका पुगेका ११ जना नेपालीलाई न्युयोर्कबाटै स्वदेश फिर्ता पठाइएको छ ।
 
न्युयोर्कस्थित अध्यागमन विभागले ११ जना नेपालीको टिमलाई स्वदेश फिर्ता पठाइदिएको हो । उनीहरु अमेरिकाको हवाईमा भइरहेको लायन्सको सम्मेलनमा भाग लिने भन्दै न्युयोर्क विमानस्थल पुगेका थिए । तर, विमानस्थलस्थित अध्यागमन अधिकारीलाई शंका लागि चेक गर्दा उनीहरुको साथमा हवाईसम्मको टिकट नभेटिएपछि फिर्ता पठाइएको बताइएको छ । लायन्सको कार्यक्रम हवाईमा भए पनि उनीहरुको साथमा काठमाडौँबाट न्युयोर्कसम्मको दुईतर्फी टिकटमात्रै थियो । लायन्सको कार्यक्रमको बहानामा अमेरिका छिर्न खोजेको अध्यागमनको आशंका थियो । उनीहरुको परिचय भने खुलेको छैन ।
 
कार्यक्रममा भाग लिन हवाई पुगेका लायन्सका एक नेपाली अधिकारीका अनुसार, लायन्सको सम्मेलनमा भाग लिन छ सय भन्दा बढी नेपाली अमेरिका पुगेका छन् ।
 
नेपालीहरुलाई अमेरिकाको विमानस्थलबाटै फर्काएको यो पहिलो होइन् । यसअघि पनि पटकपटक नेपालीहरुले यसरी नै अमेरिकाको विमानस्थलबाट फर्कनु परेको छ ।
 

 

शेयर गर्नुहोस:

0
Shares