मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पीडितको घाउमा मलम लगाउँदै पर्यटकहरु (फोटो फिचरसहित)

पीडितको घाउमा मलम लगाउँदै पर्यटकहरु (फोटो फिचरसहित)


कुम्पुर (धादिङ) । जेठको टन्टलापुर घाम चर्किरहेको छ, काम गर्दा गर्दै थकाई लागे पनि शीतल बस्ने ठाउँसमेत छैन । गाउँका सबै घर खण्डहर बनेका छन् । गाउँलेहरुको मुहारमा अझै खुसी भरिएको छैन । प्राकृतिक विपत्तिले चौतर्फी हमला बोलेको बस्तीमा पुगेर विदेशी नागरिकहरु असिन पसिन हुंदै काममा जुटेका छन् ।

धादिङको कुम्पर गाविसको वडा नम्बर ४ पिप्लेमा बिहानैदेखि खटिएका विदेशी स्वयम्सेवकहरुले साँझ सम्ममा २४ वटा अस्थायी घर बनाएर गाउँलेलाई बुझाएका छन् । 

Advertisement
ADVERTISEMENT

DSC_0003वैशाख १२ को महाभुकम्प जानुअघि पिप्ले गाउँमा २४ घर थियो । भूकम्पको धक्काले गाउँका सबै घर भत्किए, हेर्दा हेर्दा खण्डहर बनेको पिप्ले गाउँका वासिन्दालाई अस्थायी बासको व्यवस्था मिलाउन नेपाल घुम्न आएका ३२ जना पर्यटकहरु मिलेर स्वयम्सेवा गरिरहेका छन् । 

असहाय, अशक्त र विपन्न समुदायको सहयोगका लागि काम गर्दै आइरहेको यस हेल्पिङ ह्याण्डस् पोखरामार्फत् कुम्पुर गाविसका भूकम्पपीडितहरुको लागि असिन पसिन हुँदै काम गरिरहेका विदेशीहरु कुनै परियोजनामार्फत यहाँ आएका भने होइनन् । 

DSC_0048एक एक जनाबाट संकलन गरेको रकमले जस्तापाता, किलाकाँटा र पाईप खरिद गरेर गाउँलेहरुलाई अस्थायी घर बनाइदिन उनीहरु आफै काममा जुटेका हुन् ।

नेपाल घुम्न आएको बेला नेपालीहरुले भोग्नु परेको पीडा देखेपछि केही सहयोग गर्न सकिन्छ कि भनेर स्वयम्सेवी अभियान संचालन गरी गाउँवासीको अस्थायी बासको प्रबन्ध गर्न आफूहरु भूकम्पपीडितहरुको बस्तीमा आएको अमेरिकाबाट नेपाल घुम्न आएका पर्यटक भेन्कल ट्रोभेलेङ म्याटले बताए । 

DSC_0087विभिन्न विकसित मुलुकका पाहुनाहरु मिलेर एक सातामा कुम्पुर गाविसको चेपाङ र घले समुदायको बसोबास रहेको स्याँखुटार, आँपटार, कोदार, कामराङ र पिप्लेमा गरी १ सय ६८ वटा अस्थायी आवासहरु बनाइसकेका छन ।

विदेशीहरुको मेहनत देखेपछि गाउंलेहरु पनि उनिहरुको साथ लागेर काम गरिरहेका छन । विदेशी पाहुनाको साथमा स्थानीयहरु समेत गरी एक सय जनाभन्दा धेरै जना हातमा हात काँधमा काँध मिलाउँदै काममा जुटिरहेका छन् । 

कुम्पुर गाविसको अधिकांश घर भत्किएका छन् । डेढ महिना देखि स्थानीय बारीमा पाटामा त्रिपालमुनि बसिरहेका छन् । गाउंवासीलाई सहयोग गर्न आएका विदेशी पाहुनाहरु पनि स्थानीयसँगै बारीका पाटामा त्रिपालको अस्थायी टहरा बनाएर बस्ने गरेका छन । भुकम्पले भएको घर गोठ भत्काईदिए पछि डेढ महिनासम्म वारीको पाटोमा त्रिपालमुनि बस्नु परेको थियो । हावाहुरी र पानी पर्दा त्रिपालको वास निकै कष्टकर वनेकोमा अस्थायी घर वनेपछि अब अर्को घर वनाउन नसक्दासम्म ढुक्क भएको स्थानीय सन्तवहादुर घलेले बताए ।

DSC_0082हातमा हम्मर र किला कांटा बोकेका विदेशीहरुको साथमा स्थानीयले पनि सहयोग गरेकाले कुम्पुर गाविसमा ४ सय ७५ वटा घर वनाउन सहयोग जुटाउन सकिएको हेल्पिङ ह्याण्ड्सका संस्थापक सदस्य दिनेशकुमार थापाले वताए । थापाका अनुसार एउटा अस्थायी घर तयार पार्न १४ हजार रुपैयां खर्च लाग्ने गरेको छ । 

पोखरामा केन्द्रिय कार्यालय रहेको यस हेल्पिङ ह्याण्ड्स संस्थाका सदस्यहरुले पोखरामा आउने पर्यटकलाई भेटेर गाउंवस्तिको वारेमा जानकारी गराएपछि विदेशीहरुले सकेको सहयोग दिनुका साथै स्वयमसेवी अभियानमा सहभागि हुने प्रतिवद्धता जनाउने गरेको थापाले जानकारी दिए । 

अभियानका क्रममा एउटा गाउंमा घर वनाईसकेपछि त्यहांका वासिन्दाले अनिवार्य रुपमा अर्को गाउंमा गएर घर वनाउन सहयोग गर्नुपर्ने शर्त वमोजिम विदेशीहरुको साथमा गाउंलेहरु पनि कामा जुट्ने गरेको कुम्पुर २ कामराङका महेन्द्र घलेले वताए । घलेलगायतका स्थानीय वासिले विहीवार पिप्लेमा घर वनाउन सहयोग गरेका थिए । 

DSC_0101नेपाल घुम्न आएका अमेरिका, बेलायत, अस्ट्रेलिया, फ्रान्स, स्विटजरल्याण्ड, क्यानडा, जर्मनीलगायतका देशका नागरिकहरुले भूकम्पमा क्षति भएका घरहरुको पुर्न निर्माणका लागि सहयोग जुटाएका हुन । ‘पर्यटकको रुपमा नेपाल घुम्न आएको भए पनि बैशाख १२ को महाभुकम्पले नेपालीहरुलाई पु¥याएको क्षतिका वेला सकेको सहयोग गर्न कुम्पुर गाविसको गाउंसम्म आएको स्विस नागरिक जस केईचहेन्बच  बताए। 

शेयर गर्नुहोस:

0
Shares