ड्यालास (टेक्सस)— यस वर्ष अमेरिकामा नेपाली समुदायले मनाउने भाइटीकाको उत्तम साइत नोभेम्बर ११, बुधबार बिहान १०:५२ बजेदेखि मध्याह्न १२:११ बजेसम्म रहेको छ।
युलेसस्थित श्री पशुपतिनाथ तथा बौद्ध विहारका मूल पुजारी डा. शेखर पण्डितका अनुसार उक्त समय भाइटीका लगाउनका लागि अमृत तथा सर्वोत्तम साइत हो।
डा. पण्डितले भाइटीका लगाउँदा दिशाको विशेष ख्याल गर्नुपर्ने बताउनुभएको छ। उहाँका अनुसार टीका लगाउने दाजुभाइ पश्चिम फर्किनुपर्नेछ भने टीका लगाइदिने दिदीबहिनी पूर्व फर्किनुपर्नेछ।
नेपाली हिन्दू परम्परामा तिहारको अन्तिम दिन मनाइने भाइटीका दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, सद्भाव र पारिवारिक सम्बन्धको प्रतीकका रूपमा मनाइन्छ। यस दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिने परम्परा छ।













प्रतिक्रिया