नेपाल

आज नवरात्रको सातौँ दिन : घर–घरमा फूलपाती भित्र्याइँदै

आज नवरात्रको सातौँ दिन : घर–घरमा फूलपाती भित्र्याइँदै


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font

काठमाडौँ । आज नवरात्रको सातौँ दिन। देशभरका दुर्गा भवानीका मन्दिर तथा घरघरमा फूलपाती भित्र्याइँदै छ । बडादसैँको महत्त्वपूर्ण दिनका रूपमा मनाइने फूलपातीका अवसरमा नवदुर्गामध्ये सातौँ स्वरूप कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।

 आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपातीमा दसैँघर तथा पूजा कोठामा विभिन्न प्रकारका फूल, पात र वनस्पति भित्र्याउने धार्मिक परम्परा छ। यस दिन देवीको आराधना गरी शक्ति, समृद्धि र कल्याणको कामना गर्ने चलन छ। 

Advertisement

परम्पराअनुसार गोरखा दरबारबाट ल्याइएको फूलपाती काठमाडौँको हनुमानढोकास्थित दसैँ घरमा भित्र्याउने गरिन्छ। फूलपातीको यो परम्परा नेपाली सांस्कृतिक एकता र ऐतिहासिक पहिचानसँग पनि जोडिएको छ।

नवरात्रका नौ दिन शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री गरी नवदुर्गाका नौ स्वरूपको पूजा गर्ने परम्परा छ। नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा दर्शन तथा पूजाआराधना गर्ने भक्तजनको भीड बढेको छ । नेपाल सरकारले आजबाट दशैँ बिदा दिएको छ ।