युलेस (टेक्सस), अमेरिका । नेपाली समाज टेक्ससको आयोजनामा भएको बालबालिकाहरुको समरक्याम्पमा एकसय ४५ बालबालिका दीक्षित भएका छन् ।
दुई चरणमा गरेर सम्पन्न समरक्याम्पको सिनियर (९ देखि १६ बर्ष उमेर) का बालबालिकाहरुको आइतबार अपरान्ह विशेष समारोहबीच दीक्षान्त भएको हो । जुनियर समूहको दीक्षान्त अघिल्लो आइतबार भएको थियो ।
सिनियर समूहमा एकसय ४५ विद्यार्थीहरु ग्राजुएट भएका छन् । दीक्षान्त समारोहमा विद्यार्थीहरुले आफुले सिकेका विषयहरुको प्रस्तुति देखाएका थिए । त्यस अवसरमा अभिभावकहरुको समेत उल्लेख्य सहभागिता थियो ।
नेपाली समाज टेक्ससले हरेक वर्ष गर्मी बिदा (समर याम) मा नेपालीभाषी विद्यार्थीहरुलाई धर्म, संस्कृति, नेपाली चाडपर्व, नेपालका बारेमा जानकारी दिन समर क्याम्प सञ्चालन गरेर पढाउँदै आएको छ । यसक्रममा विद्यार्थीहरुलाई अमेरिकी प्रहरी, अग्नी नियन्त्रकहरुसँग पनि भेटघाट र अन्तरकृया गराईको थियो ।
दुई चरणमा गरेर सम्पन्न समरक्याम्पमा ४० जना विद्यार्थीहरुले स्वयमसेवा गरेका थिए । विगतमा वर्षहरुमा नेपालबाट आध्यात्मिक अभियन्ता डा. चिन्तामणि योगी आएर विद्यार्थीहरुलाई पढाउँदै आउनुभएको थियो । यसपटक अमेरिकामै अध्ययन गरेर धार्मिक अभियानमा संलग्न सन्त पौडेलले दुई सातासम्म कक्षा लिनुभएको थियो ।












प्रतिक्रिया