न्युयोर्क

अमेरिकाको न्युयोर्ककोे जमैकाका नेपाली

अमेरिकाको न्युयोर्ककोे जमैकाका नेपाली

समर पिकनिकमा उल्लेख्य सहभागीता र एकताको सन्देश


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

न्युयोर्क- न्युयोर्कको जमैका क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले हरेक बर्ष जस्तै यसबर्षपनि समुदायको पिकनिक तथा विशेष कार्यक्रमहरु सम्पन्न गरेका छन । न्युयोर्कको फरेष्ट पार्कमा जुलाई १२ तारिख आइतबारका दिन आयोजना गरिएको पिकनिक कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरुपनि सम्पनन गरिएका थिए । खेलकुद, चिठ्ठा कार्यक्रम तथा समाजमा विशिष्ट उपलव्धी हासिल गरेका व्यक्तिहरुलाई सम्मानपनि गरिएको थियो ।

लम्साल र आचार्यलाई विशेष सम्मान :

Advertisement

एनआरएनए अभियन्ता तथा इन्जिनियर सुर्य लम्साललाई विद्याबारिधी उपाधी हासील गरेकोमा विशिष्ट सम्मान गरिएको थियो । त्यसैगरी समाजका संस्थापक अध्यक्ष कृष्ण आचार्यलाईपनि नेपाली समुदायमा पुर्याएको योेगदानको कदर स्वरुप विशेष सम्मान गरिएकोे थियो । सम्मानित व्यक्तिहरुलाई न्युयोर्क स्थित नेपाली महाबाणिज्य दुत दधिराम भण्डारीले सम्मान गर्नु भएको थियो । त्यसैगरी सन २००६ देखि अमेरिकामा बस्दै आउनु भएकी नमकला खनाललाईपनि सम्मान गरिएको थियो । कार्यक्रम सफल बनाउन अर्थिक तथा अन्य सहयोेगदाताहरुलाईपनि सम्मान गरिएको थियो । विभिन्न विश्वविद्यालय, कलेज तथा विद्यालयबाट ग्र्राजुयट भएका विद्यार्थीहरुपनि सम्मानित भएका थिए ।

जमैका नेपाली समाजको पिकनीकमा चिठ्ठाको आकर्षण

बुद्ध पौडेल बने भाग्यमानी चिठ्ठा बिजेता :

समाजको पिकनीकमा चिठ्ठाको रौनकतापनि भिन्नै थियो । यसले पिकनिकमा निकै मनोरन्जन थपेको थियो । समाजले आयोजना गरेको लोेटरीका विजेतालाई पुरस्कृत गरिएको थियो । समाजले आयोजना गरेको चिठ्ठा समाजसेवी तथा अगुवा बुद्ध पौडेलले जितेका थिए । चिठ्ठाका प्रथम सहित द्धितिय, तृतिय तथा सान्त्वना विजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो । चिठ्ठा कार्यक्रमको सञ्चालन समाजका सल्लाहाकार तथा समाजसेवी कृष्ष्ण लामिछानेले गरेका थिए ।

“जमैका नेपाली समाजले नेपालीलाई जोड्छ, यहाँ राजनीति र कुनै बाद हुंदैन”

सचिव भारद्वाज :

जमैका नेपाली समाजका अगुवा तथा सचिव पारस भारद्वाजले समाजले समग्र नेपालीको प्रतिनिधित्व गर्ने तर कुनैै राजनीतिक गतिविधि नहुने बताएका छन । पिकनिक कार्यक्रमपछि प्रतिक्रिया दिंदै भारद्वाजले जमैका नेपाली समाज सबै नेपालीको समाज भएको र यसले नेपाली समुदायलाई परेको पीर मर्कामा सहयोग गर्ने, आफ्नोपनकोे विकास गर्ने तथा नेपाली भाषा संस्कृति र रितीरिवाजको सम्बर्धन तथा विस्तारमा भुमिका खेल्ने बताए ।

भारद्वाजले पिकिनीकका बारे धारणा राख्दै यसले आपसी भाइचारा र सदभावको विकास गराउने, राजनीतिक गतिविधिबाट टाढा राख्ने तथा साना केटाकेटीहरुको विचमा सामिप्यता कायम गर्ने उद्धेश्य रहेको बताए ।

समाजाको पिकनीकले नेपालीहरुको एकता, सदभावको विकास गर्न मद्धत गरेको तथा सहयोग र चिनापर्चीपनि बढाएका काराण उपलब्धिमुलक भएकोले साथ र सहयोग गर्ने सबैलाई धन्यबाद् दिए ।

न्युयोर्कको जमैका क्षेत्रमा बढ्दै गएको नेपााली समुदायले हरेक बर्ष विभिन्न कार्यक्रम गरी समुदायदाई ऐक्यबद्ध बनाउदै आएको छ ।