ग्लोबल नेपाली

अमेरिकाको न्युयोर्कमा नेपाली व्यवसायीको सम्मेलन हुंदै

अमेरिकाको न्युयोर्कमा नेपाली व्यवसायीको सम्मेलन हुंदै

नाबिस समीटमा कम्तीमा तीन सय व्यवसायीकको सहभागीता रहने


न्युयोर्क- अमेरिकामा रहेका साना तथा मझौला व्यवसायीहरुको सम्मेलन न्युयोर्कमा हुने भएको छ । सेप्टेम्बर २५ देखि २७ सम्म हुने बिजनेश समिटमा अमेरिकाका व्यवसायी तथा नेपाल सरकारको पनि प्रतिनिधित्व रहने नेपाल अमेरिका बिजनेश समिट ( नाबिस) का अध्यक्ष एवं ग्रेटर न्युयोर्र्क चेम्बर अफ कमर्सका अध्यक्ष प्रदिप श्रेष्ठले जानकारी दिनु भयो ।

जुलाई १२ तारिखका आइतबारकादिन आयोजित पत्रकार सम्मेलनमा समिटको बारे बिस्तृत जानकारी दिइएको हो । सेप्टेम्बर २५ देखि २७ तारिखसम्म न्युयोर्कको क्वीन्समा हुने कार्यक्रममा अमेरिकास्थित नेपालीका ठुला, साना तथा मझौला व्यवसायीहरुलाई प्रोत्साहन तथा प्रवद्र्धन गर्ने उद्धेृश्य रहेको समिटका अध्यक्ष श्रेष्ठको दावी छ ।

Advertisement

बिजनेश समिटको उद्धेश्य अमेरिकामा रहेका नेपालीहरुको व्यवसायलाई प्रवद्र्धन गर्नु तथा उनीहरुको सीप र दक्षतालाई नेपालसँग जोडने लक्ष्य भएकोेले डायस्पोरा बिजनेशको अवधारणाको विकास गराउने बताइएको छ ।

पत्रकार सम्मेलनमा समिटको आधिकारीक वेभसाइटको शूरुवात गर्दै महासचिव दिपेन्द्र लामाले दर्ताप्रक्रियापनि शुरु भइसकेको जानकारी दिनु भयोे । समिटमा सहभागी हुन चाहने व्यवसायीले अनलाइन मार्फत नै दर्ता गर्न सक्ने लामाले जानकारी दिनुभयो ।

सेप्टेम्बरमै .संयुक्त राष्टसघको महासभामा उच्चस्तरको नेपाली प्रतिनिधिहरुको पनि उपश्थिती हुने भएकोले समिट अझै फलायी हुने बताइएको छ ।

नबिस समिट न्युयोर्कस्थित नेपाल महावाणिज्य दुतावासको साथ र सहयोगमा हुनेछ । समिटले नेपाली र अमेरिकी व्यवसायी तथा उनीहरुको सिपलाई नेपालसंगपनि जोडन सक्ने विस्वास महाबाणिज्य दुत दधिराम भण्डारीले गर्नु भयो । सो कार्यक्रममा अमेरिका भ्रमणमा रहनुभएका राष्टिय स्वतन्त्र पार्टीका नेता तथा साँसद मनिष झाले समिटको सफलताको शुभकामना दिंदै आफ्नो र दलको तर्फबाट सकारात्मक भएको बताउनु भयो ।

न्युयोर्क लगायत अमेरिकाका धेरै राज्यहरुमा नेपालीहरुले साना तथा मझौला व्वसायमार्फत आफ्नो उपश्थिती बढाइरहेको बेला यस्ता बिजनेश समिटले नेपाली उत्पादनको प्रवद्र्धन तथा विस्तारमा उल्लेख्य भुमिका खेल्ने भएका कारण सबैले सहयोग गर्न आव्हानपनि गरिएको छ । समिटमा अमेरिकाका जुनसुकै राज्यबाटपनि सहभागी जनाउन सकिने आयोजकले जानकारी दिएका छन ।