अमेरिका समाचार

के नेपालले क्रिप्टो करेन्सी खुला गर्ला ?

के नेपालले क्रिप्टो करेन्सी खुला गर्ला ?


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font

अमेरिका- राष्ट्र बैंक गभर्नरसंग अमेरिकको टेक्ससमा आयोजित छलफल कार्यक्रममा सहभागी एक नेपालीले प्रश्न गरे किन नेपालले क्रिप्टो करेन्सीलाई मान्यता नदिएको ? अव दिन्छ कि दिन्न ?

ती नेपाली युवाको यो सिधा प्रश्नको गभर्नर डा विश्व पौडेलले सिधा उत्तर दिएनन । तर, भुमिका बांधेर प्रविधिले ल्याएको नयां कुराहरुलाई पनि स्विकारर्दै जानु पर्ने वताए । गभर्नरको उत्तर सुन्दा राष्ट्र बैंक यसमा नकरात्मक छैन भन्ने दखिन्छ ।

Advertisement

नेपालमा विदेशी मुद्रा ब्यवस्थापन गर्ने राष्ट्र बैंकले केही बर्ष अघि नै विज्ञप्ति निकालेर नेपालमा क्रिप्टो किन वेच गैरकानुनी भनेको थियो । यस क्रममा केही पक्राउ पनि परे । मुद्दा चलाइयो ।

केही बर्ष अघिको कुरा हो । आंबु खैरनीको एउटा सानो घरमा क्रिप्टो करेन्सी विटक्वाइन माइनिगं गरेको भेटिए पछि प्रहरीले त्यहांका कम्प्युटर जफत गरी यो कामलाई छिन्न भिन्न वनाएको थियो । केही पक्राउ पनि परे । आंबु खैरेनीमा त्यहां पावर हाउस भएकाले विजुली २४ सै घण्टा हुन्थ्यो त्यही भएर त्यहां माइनिगं गरिएको थियो । प्रहरीले सानो घरको विजुली विल अत्यन्त धेरै आउन थाले पनि शंकाका आधारमा त्यहां छापा मारेको थियो । त्यसवेला विटक्वाइनलाई माइनिगं गर्न दिएका भए अरर्बौ डलर नेपाल आउने थियो । त्यो अवसर नेपालले गुमायो । भुटानले त्यसलाई भरपुर उपयोग गरेर अरर्बौ डलर आम्दानी गर्यो ।

विदेशमा क्रिप्टोमा धेर थोर पैसा हाल्ने सयौं नेपाली भेटिन्छन् । मोवाइलमा सजिलै किन वेच गर्न पाइने भएकाले क्रिप्टोमा लगानी गरेका हुन् । विदेशमा चलाएको त्यो मोवाइलमा नेपालमा गएर क्रिप्टो किनवेच गर्दा त्यो गैरकानुनी हुन्छ । तर, व्यवहारमा विदेशमा वस्ने नेपाल जांदा पनि क्रिप्टोमा आफ्नो लगानी के भईरहेछ हेर्ने कारोबार गर्ने गर्छन । नेपालले क्रिप्टोमा हुने आम्दानीलाई मान्यता दिएको छैन । यसलाई गैरकानुनी भन्छ ।

अमेरिकामा क्रिप्टोमा लगानी गैरकानुनी छैन । मज्जासंग कारोवार गर्न पाइन्छ । तर, बर्ष भरी क्रिप्टोमा कति आम्दानी भयो यस आधारमा सरकारलाई राजश्व तिर्नु पर्छ । मानि लिऊं अमेरिका वस्ने नेपालीले क्रिप्टोमा लगानी गरेर अर्ब कमायो । यो पैसामा यहां कर पनि तिर्छ । तर, यो पैसा नेपाल भने लैजान सक्दैन ।

पैसा नेपाल लैजादां आम्दानीको स्रोत देखाउनु पर्छ । तर, नेपालको कानुनले क्रिप्टोमा लगानीलाई आम्दानीको स्रोत मान्दैन । यो व्यवस्थाले नेपाललाई नै नोक्सान भईरहेको छ ।

गैरकानुनी भए पनि नेपालमा क्रिप्टो वा निकै जोमिखयुक्त अनलाइन बेटिगंमा पैसा लगाउने युवाको संख्या पनि सानो छैन । क्रिप्टो भन्दा पनि जोखिम युक्त अनलाइन गमिगंमा लगानी गर्न दिनु भन्दा क्रिप्टोमा लगानी खुला गर्दा जोखिम कम हुन्छ । वरु क्रिप्टोमा लगानीलाई व्यवस्थित गर्ने, राजश्व लिने, देशको विदेशी मुद्रा भण्डारलाई असर नपर्ने गरी कारोवार खुला गर्दा नेपालले फाइदा लिन सक्छ । विद्यूत उत्पादन वढ्दै गएको अवस्थामा क्रिप्टोलाई माइनिगं पनि खुला गर्दा भुटानले जस्तै नेपालले पनि अरर्बौ आम्दानी गर्न सक्छ ।