मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking

मध्यपूर्वको तनावप्रति विश्व समुदायद्वारा चासो व्यक्त

मध्यपूर्वको तनावप्रति विश्व समुदायद्वारा चासो व्यक्त

TOPSHOT – Smoke from a reported rocket interception is seen in the sky over Abu Dhabi on February 28, 2026. The United States and Israel launched strikes against Iran on February 28, with Israel’s public broadcaster reporting that the Iranian supreme leader had been targeted, as the Islamic republic retaliated with barrages of missiles at Gulf states and Israel. (Photo by Fadel SENNA / AFP)

शेयर गर्नुहोस:

270
Shares

  • change font
  • change font
  • change font

पेरिस । संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार इरानमाथि आक्रमण गरेपछि विश्वभरका देशहरूले मध्यपूर्वमा तनाव बढ्ने चिन्त व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखले अमेरिका–इजरायल आक्रमण र इरानको प्रतिक्रियाको निन्दा गरेका छन् । उनले थप आक्रमणले ‘मृत्यु, विनाश र मानवीय दुःख’ मात्र निम्त्याउने चेतावनी दिँदै संयम अपनाउन सम्बन्धित पक्षसँग आग्रह गरेका छन्।

Advertisement

“म संयम अपनाउन आह्वान गर्दछु र सबै पक्षहरूलाई विवेकको प्रयोग गर्न अनुरोध गर्दछु,” संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखल भोल्कर टर्कले एक विज्ञप्ति जारी गरी भनेका छन् ।

रुसले अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणको आलोचना गरेको छ र आक्रमणले यस क्षेत्रलाई मानवीय, आर्थिक र यसलाई अस्वीकार गर्न नसकिने रेडियोलोजिकल विपत्तिको संघारमा पुर्याएको तर्क गरेको छ।

चीनले ’सैन्य कारबाही तत्काल रोक्न’ आग्रह गरेको छ र चिनियाँ विदेश मन्त्रालयले इरानको राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्नेमा जोड दिएको छ।

अमेरिकी सैन्य अखडाको आश्रय रहेको कतारले आफ्नो भूमिमा इरानी क्षेप्यास्त्र आक्रमणको निन्दा गरेको छ र चेतावनी दिएको छ । “यस आक्रमणको जवाफ दिने उसको पूर्ण अधिकार सुरक्षित छ,” कतारले भनेको छ।

युरोपेली सङ्घ ९इयू० की प्रमुख उर्सुला भोन डेर लेयनले अमेरिकाले इरानका आणविक क्षेत्रहरू ‘निशाना’ रहेको सङ्केत गरेपछि आणविक सुरक्षा सुनिश्चित गर्नु ‘महत्वपूर्ण’ भएको बताउनुभएको छ।

नर्वेका विदेशमन्त्रीले इरानमाथि इजरायलको आक्रमणले अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरेको तर्क गर्दै भन्नुभयो, “पूर्वयोजनामा भएको आक्रमणले अनपेक्षित खतरा निम्त्याएको बताउनुभएको छ।

भारतको विदेश मन्त्रालयले सबै राज्यहरूको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गरिनुपर्नेमा जोड दिँदै वार्ता र कूटनीतिलाई पछ्याउनुपर्ने बताएको छ।

बेलायत, फ्रान्स र जर्मनीले संयुक्त रूपमा इरानको जवाफी आक्रमणको निन्दा गरेका छन् भने बेलायत सरकारले पनि स्थिति ‘व्यापक क्षेत्रीय द्वन्द्व’ मा परिणत हुन सक्ने चिन्ता व्यक्त गरेको छ ।

ती देशहरूले उनीहरूमध्ये कसैले पनि अमेरिका–इजरायल कारबाहीमा भने भाग लिएका थिएनन् ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले ‘खतरनाक’ तनाव रोक्न आग्रह गर्दै संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को तत्काल बैठक बोलाउनुभएको छ।

लेबनानका प्रधानमन्त्री नवाफ सलामले आफ्नो देशलाई युद्धमा नतान्ने बताउनुभएको छ।

इरानका अन्तिम राजाका छोरा तथा तेहरानको वर्तमान् सत्ताका प्रखर आलोचक रेजा पहलवीले आक्रमणपछि अन्तिम जित नजिक रहेको दाबी गर्नुभएको छ । “हामी सबै मिलेर इरानलाई फिर्ता लिन र पुनर्निर्माण गर्न सक्छौं,” अमेरिकामा निर्वासित जीवन बिताइरहेका पहलवीले भन्नुभयो ।

इजिप्टको विदेश मन्त्रालयले अरब राष्ट्रहरूको एकता र क्षेत्रीय अखण्डताको सुनिश्चितताका लागि जोड दिएको छ । “इजिप्टले अरब राष्ट्रहरूको एकता र क्षेत्रीय अखण्डतालाई लक्षित गर्ने इरानको कडा निन्दा गर्दछ।”

टर्कीको विदेश मन्त्रालयले द्वन्द्वले ‘यस क्षेत्रको भविष्य र विश्वव्यापी स्थिरतालाई खतरामा पारेको’ भन्दै ‘सबै पक्षलाई तुरुन्त शत्रुता रोक्न’ आग्रह गरेको छ।

जोर्डनको सरकारले तनाव कम गर्न आग्रह गरेको छ र चेतावनी दिएको छ कि यसले ‘आफ्नो सबै शक्तिका साथ’ राज्यको हितको रक्षा गर्नेछ। एक सरकारी प्रवक्ताले देश द्वन्द्वको हिस्सा नभएको बताएका छन् ।

प्यालेस्टिनी लडाकू समूह र इरानको सहयोगी हमासले तेहरानमाथि अमेरिका र इजरायलको ‘आक्रमण’ को निन्दा गरेको छ र यसलाई ‘सम्पूर्ण क्षेत्रमा प्रत्यक्ष आक्रमण’ भनेको छ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले इरानमाथि भएको आक्रमणले इरानी जनताका लागि तेहरानमा रहेको ‘आतङ्कवादी शासन’लाई सत्ताच्युत गर्ने अवसर सिर्जना गरेको बताएका छन्।

‘इन्टरनेसनल कमिटी अफ द रेडक्रस’ की अध्यक्ष मिर्जाना स्पोलजारिकले मध्यपूर्वमा सैन्य वृद्धिले यस क्षेत्रमा खतरनाक श्रृङ्खलावद्ध प्रतिक्रिया निम्त्याएको र सर्वसाधारणका लागि विनाशकारी परिणाम हुने चेतावनी दिएका छन् ।

आक्रमणपछि अफ्रिकी सङ्घले ‘संयम, तत्काल तनाव कम गर्न र निरन्तर संवाद’ गर्न आह्वान गरेको छ र द्वन्द्वले महादेशका मानिसहरूलाई हानि पुर्याउने खतरा रहेको चेतावनी दिएको छ । एएफपी

शेयर गर्नुहोस:

270
Shares