मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
न्युयोर्क   
बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

सुनको मूल्य वढ्यो, अझै वढ्ला ?

सुनको मूल्य वढ्यो, अझै वढ्ला ?

तस्बिर: सामाजिक संजाल

अमेरिका- विश्व बजारमा पहेंलो बहुमूल्य धातु सुनको मूल्य अप्रत्याशित रेकर्ड बनाएको छ । मंगलवार विश्व बजारमा प्रति अन्स सुन मूल्य ५ हजार १०४ अमेरिकी डलरमा कारोवार भयो । यो एक वर्ष अघिको तुलनामा करिव दोब्बर बृद्धि हो ।

मूल्य बृद्धि संगै सुन को भाउ अव के हुन्छ भन्ने अन्यौल पनि छाएको छ । चीन, भारत लगायत विश्वका कयौं सुन खरिदकर्ताहरु किन्ने वा विक्री गरेर नगद लिने भन्ने दोसांधमा भएको समाचारहरु आएका छन् ।

Advertisement

किन वढ्यो सुन् ? राजनीतिक कारणले गर्दा नै सुनको मूल्यमा यसरी उछाल आएको वताईएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई १०० प्रतिशत भन्सार लगाउने धम्की दिए पछि विश्व अर्थतन्त्रमा हलचल आएको थियो ।

यस्तै ग्रिनल्याण्ड लिने ट्रम्पको भनाई, युरोपका देश संग अमेरिकाको सम्वन्धमा आएको चिसोपना, चीनसंगकोअमेरिको व्यापार, अमेरिकाको केन्द्रिय बैंक फेडरल रिभर्जको ब्याजदर नीति जस्ता कारणले विश्व अर्थतन्त्रमा अनिश्चितता वढाएको छ ।

यही कारण लगानीकर्ता सुरक्षित स्थानमा खोज्दा सुनको माग बढेकाले मूल्य पनि अकासिएको बजार विश्लेषकहरु वताउंछन् । सुनको माग वढी भएकाले आपुर्ति गर्न समेत नसकिएको संचारमाध्यमले जनाएका छन् । सुन मात्र होइन चांदीको मूल्य पनि वढेको छ ।

बजार विश्लेषकहरु भन्छन् बढ्ने संभावना वढी छ तल झर्यो भने पनि खासै घट्ने अवस्था छैन । केही बजार विश्लेषकहरुले त सुनको मूल्यले छिट्टै ६ हजार डलर प्रति अन्स पुग्ने समेत अनुमान गरेका छन् । यदी यसरी नै सुनको मूल्य वढ्या भने नेपालमा पनि प्रति तोला सुनको मूल्य ४ लाख रुपैंया हाराहारीमा पुग्ने देखिएको छ ।

सुनको मूल्य बृद्धिले भारत, नेपाल लगायत दक्षिण एशियाका महिला भने सवैभन्दा फाइदामा छन् । दक्षिण एशियामा महिलाहरु सुनका गहना प्रति आकर्षित छन् । केही बचत छ भने सुनका गहना वनाएर लगाउने प्रचलन पनि छ । यसले गर्दा सुन किन्ने महिनाहरु पहिले भन्दा धनी भएका छन् ।

शेयर गर्नुहोस:

2.5k
Shares