मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

नेका मकवानपुर सम्हालिदै चुनावमा होमियो

नेका मकवानपुर सम्हालिदै चुनावमा होमियो

क्षेत्र नंबर १ मा उपाध्याय(डिना) र २ मा लामाको उमेदवारी


बोस्टन, अमेरिका। पार्टीको आन्तरिक कलहले विभाजनको डिलसम्म पुर्याएको नेपाली कांग्रेस मकवानपुर अन्ततः सम्हालिएर आसन्न संसदीय निर्वाचनमा होमिएको छ।

नेपाली कांग्रेस नियमित महाधिवेशन वा विशेष महाधिवेशन भन्ने विषयमा कित्ताकाटको अवस्थासम्म पुगेको थियो। विशेष महाधिवेशन पक्षधरहरुले गत पौष ३० गते देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति विघटन गरी गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेपछि विवाद निर्वाचन आयोगसम्म पुग्यो। निर्वाचन आयोगले गगन थापा नेतृत्वको केन्द्रीय समितिलाई वैधता दिएपछि त्यस निर्णयलाई अस्विकार गर्दै विशेष महाधिवेशन विरोधीहरु न्यायका लागि भन्दै सर्वोच्च अदालतसम्म पुगेका छन्।

Advertisement

देश र पार्टी भित्रको यो विषम परिस्थितिबाट गुज्रदै विभाजनको सङ्घारसम्म पुगेको नेपाली कांग्रेस मकवानपुर भने उत्साहका साथ चुनावमा होमिएको देखिन्छ। यसले नियमित महाधिवेशन पक्षधरहरु र विशेष महाधिवेशन पक्षधरहरु आन्तरिक विवादलाई मन्थर गर्दै एक भएर चुनावमा जाने लक्षण देखाएको छ।

यही फागुन २१, २०८२ मा हुने भनिएको निर्वाचनमा नेपाली कांग्रेस पार्टीको तर्फबाट आधिकारिक उमेदवारका रुपमा मकवापुर क्षेत्र नंबर १ का लागि महालक्ष्मी उपाध्याय(डिना) र क्षेत्र नंबर २ का लागि बुद्ध लामाले आफ्नो मनोनयन दर्ता गरेका छन्। मङ्गलबार आफ्नो उमेदवारी मनोनयन दर्तासंगै दुबैले देश र पार्टी दुबै विषम परिस्थितिबाट गुज्रिरहेको र बदलिदो परिस्थितिलाई सम्हालेर त्यसबाट मुक्ति दिलाउन सक्ने सक्षम र योग्य पार्टी केवल नेपाली कांग्रेस मात्र भएकाले त्यसलाई जनताले मनन गरेर कांग्रेसलाई विजयी बनाउने विश्वास व्यक्त गरे।

जलश्रोत राज्यमन्त्री तथा संविधान सभाको सदस्य समेत भइसकेकी कांग्रेस नेतृ उपाध्यायले बदलिदो परिस्थितिमा जनताको चाहना अनुसार अघिबढ्नुको विकल्प नभएको बताइन्। पार्टीको सहमहामन्त्रीको जिम्मेवारी सम्हाल्दै आएकी उनले यस पटक उमेदवार हुने आफ्नो चाहना नभए पनि पार्टी नेतृत्वको निर्देशन, मकवानपुरका कांग्रेसी नेता कार्यकर्ताहरुको अनुरोध र जनाको चाहनालाई कदर गर्न उमेदवारी दिएको प्रष्ट पारिन्। मकवानपुरे जनताले हरेक विषम परिस्थिमा नेपाली कांग्रेसलाई साथ दिदै आइरहेको इतिहास साक्षी रहेको स्मरण गर्दै नेतृ उपाध्यायले यस पटक पनि कांग्रेसलाई साथ दिएर आफू र आफ्नो पार्टी कांग्रेसलाई अत्यधिक मत दिएर विजयी गराउने विश्वास व्यक्त गरिन्।

मकवानपुर जिल्ला पार्टी सभापतिको जिम्मेवारी सम्हादै आएका नेपाली कांग्रेसका नेता बुद्ध लामाले नेपाली कांग्रेसको जन्म नै नेपाल र नेपालीको रक्षा र समृद्धिका लागि भएकाले त्यो पुरा गर्न कांग्रेस जुनसुकै परिस्तिथिमा पनि उक्त लक्ष्य प्राप्तिका लागि दृढ भएर लाग्दै आइरहेको र आगामी दिनमा पनि लाग्ने बताए। उनले आफ्नो निर्वाचन क्षेत्र २ का जनताको जीवन उकास्न कृषि क्षेत्रलाई प्राथमिकता दिइनु पर्ने जिकिर गरे। वर्षौदेखि आफू प्राथमिकताका साथ यही क्षेत्रका जनताको उन्नति र प्रगतिमा लागिपर्दै आइरहेको जगजाहेर नै भएकाले यस पटकको निर्वाचनमा जनताले आफू र आफ्नो पार्टीलाई जिताएर थप जिम्मेवारी सुम्पनेमा आफू ढुक्क रहेको लामाले बताए।

आसन्न संसदीय निर्वाचनमा मकवानपुरमा जम्मा ४४ जनाले मनोनयन दर्ता गरी चुनावी मैदानमा उत्रिएका छन्। जस मध्य निर्बाचन क्षेत्र नं १ मा जम्मा २३ जना (१३ जना दलीय उमेदवार र १० जना स्वतन्त्र उमेदवार) उमेदवार रहेका छन् भने, निर्वाचन क्षेत्र नंबर २ मा जम्मा २१ जना (१६ जना दलीय उमेदवार र ५ जना स्वतन्त्र उमेदवार) उमेदवार रहेका छन्।

शेयर गर्नुहोस:

1.8k
Shares