काठमाडौँ । नेपाली कांग्रेसले समसामयिक राजनीतिक घटनाक्रम र सरकारका पछिल्ला गतिविधिबारे छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ।
बैठक सोमबार बिहान साढे ८ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ। बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।
कांग्रेस सभापति गगनकुमार थापाले आइतबार सरकारको कार्यशैली, प्रहरी प्रशासनको भूमिका र सत्तारूढ दलको जवाफदेहितामाथि प्रश्न उठाउँदै पार्टीको धारणा सार्वजनिक गरेका थिए। त्यसै दिन संसदीय दलको बैठक आह्वान गरिएको हो।
थापाले सरकारका विवादित निर्णय र गतिविधिको जिम्मेवारी प्रधानमन्त्रीले मात्रै नभई सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समेत लिनुपर्ने बताएका थिए । उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदीय दलको बैठकमा बोलाएर आवश्यक निर्देशन दिन रास्वपालाई आग्रहसमेत गरेका थिए ।
सरकारका पछिल्ला गतिविधिप्रति प्रमुख प्रतिपक्षी दलले प्रश्न उठाइरहेका बेला बोलाइएको कांग्रेस संसदीय दलको बैठकलाई महत्त्वका साथ हेरिएको छ।













प्रतिक्रिया