मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
बोस्टन   
मुख्य समाचार   
राजनीति-समाज   

निर्वाचन गर्ने पक्षमा हाम्रो प्रतिबद्धता छ : नेका सहमहामन्त्री उपाध्याय (डिना)

निर्वाचन गर्ने पक्षमा हाम्रो प्रतिबद्धता छ : नेका सहमहामन्त्री उपाध्याय (डिना)

काँङ्ग्रेसको नितिगत निर्णय निर्वाचन नै हो, नेकाको महाधिवेशन बढाइएको समयावधि भित्रै हुन्छ।


बोस्टन, अमेरिका। काँङ्ग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय(डिना)ले फागुन २१ गते हुने भनिएको संसदीय निर्वाचनको पक्षमा नेपाली काँङ्ग्रेसको प्रतिबद्धता रहेको बताएकी छिन्। आसन्न संसदीय निर्वाचनको विषयमा कुरा गर्दै उपाध्याय ‘डिना’ ले यस्तो बताएकी हुन्।

देशलाई निकास दिनका लागि निर्वाचन गर्नु पर्छ भन्ने काँङ्ग्रेसको नितिगत निर्णय भएको स्पष्ट पार्दै उनले भनिन्,’अहिलेको सरकारले निर्वाचन गर्ने पक्षमा हाम्रो प्रतिबद्धता छ। निर्वाचन गर्नु पर्छ भन्ने काँङ्ग्रेसको निर्णय हो। काँङ्ग्रेसको नितिगत निर्णय र हाम्रो कमिटमेन्ट जारी छ। तर, सरकारले गर्न सक्छ कि सक्दैन ? ”

Advertisement

सहमहामन्त्री उपाध्यायले निर्वाचन हुन नसकेको खण्डमा विघटित संसद पुनर्स्थापना हुन सक्ने सम्भावनालाई नकारिनन्। उनले निर्वाचन भएन भने देश भ्याकुमको अवस्थामा जान सक्ने खतरालाई आकलन गर्दै त्यसबाट देशलाई जोगाउन काँङ्ग्रेसका तर्फबाट प्रतिनिधित्व गरेका विघटित प्रतिनिधिसभाका केही पूर्व सदस्यहरुले हस्ताक्षर सङ्कलन गरेको र त्यस कार्यलाई पार्टीले अन्यथा नलिएको प्रस्ट पारिन्।

हस्ताक्षर सङ्कलनका सम्बन्धमा उनले भनिन्, ‘भोली देश भ्याकुमको अवस्थामा नजाओस् भन्नका लागि साथीहरुले जुन अहिले हस्ताक्षर गर्नु भो, त्यसलाई हामीले अन्यथा सम्झेका छैनौं। भोली परिस्थितिले त्यो ठाँउमा ल्यायो भने काँङ्ग्रेसले त्यो बाटो पनि जान सक्नु पर्छ है भन्ने साथीहरुको बिचारलाई हामीले समर्थन गरेको हो।तर, निर्णय हाम्रो निर्वाचन नै हो।’

सहमहामन्त्री उपाध्यायले नेपाली काँङ्ग्रेसको महाधिवेशन विधान अनुसार बढाइएको समयावधि भित्रै हुने बताइन्। त्यसका लागि काँङ्ग्रेस आवश्यक कार्यमा जुटिरहेको र निर्वाचन कार्यतालिका अनुसार पौष १३ र १४ भित्र समानुपातिक उमेदवारहरुको बन्द सूचि निर्वाचन आयोगमा बुझाइ सक्नु पर्ने भएकाले त्यही कार्यमा काँङ्ग्रेस जुटिरहेको उनले बताइन्।

पार्टी महाधिवेशनको तयारीका सम्बन्धमा उनले पार्टीको क्रियाशील सदस्यहरुको नविकरण कार्य लगभग सक्किसकेको र नयाँ क्रियाशील सदस्यताको सवालमा क्रमसङ्ख्या छुटेका कारण टुङ्ग्याउन समस्या भएको बताइन्। सहमहामन्त्री उपाध्यायले क्रियाशील सदस्यताको विषय टुङ्ग्याउन थप कार्य गर्नु पर्ने भएकाले पूर्व निर्धारित महाधिवेशन कार्यतालिकामा केही हेरफेर हुनसक्ने सम्भावना रहेको बताइन्।

देशमा जेनजी आन्दोलनपछि उब्जिएको विशेष परिस्थिति र पार्टीको महाधिवेशनलाई बैठकको प्रमुख एजेण्डा बनाएर गत असोज २८ बाट नेका पार्टीको केन्द्रीय समितिको बैठक प्रारम्भ भएको थियो। नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन गर्ने भन्नेमा विवाद भएका कारण बैठक अनिर्णको बन्दी बनिरहेको थियो। अन्ततः गत मङ्सिर १५ गते काँग्रेङ्सको केन्द्रीय कार्यसमितिले पार्टीको विधान अनुसार सबै संरचनाहरुको म्याद आगामी माघ मसान्तसम्म बढाउदै आगामी पौष २६, २७ र २८ गते नियमित महाधिवेशन गर्ने निर्णय गरेको थियो।

तोकिएको मितिमा नियमित महाधिवेशन सम्पन्न गर्ने गरी वडा अधिवेशन पुस १६, गाँउ/नगरपालिका अधिवेशन पौष १७ , प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको पौष २१, एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाहरुको अधिवेशन पौष २१, एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाहरुको जिल्ला अधिवेशन पौष २२ र प्रदेश अधिवेशन पौष २३ र २४ गते सम्पन्न गर्ने कार्यतालिका बनाइएको थियो। केही दिन यता भने नियमित महाधिवेशन हुनेमा आशङ्का गर्दै महामन्त्री द्वय विश्वप्रकाश शर्मा र गगन थापाको अगुवाइमा उठाइएको विशेष महाधिवेशनको मुद्दालाई यसका पक्षधरहरुले फेरी पनि जोडदार उठाउन थालेका छन्।

शेयर गर्नुहोस:

2.4k
Shares