मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

समिर मास्केको कम्पनीको शेयर मूल्यमा भारी गिरावट

समिर मास्केको कम्पनीको शेयर मूल्यमा भारी गिरावट

फ्युजमेसिनको शेयर खस्कियो!


अमेरिकाको शेयर बजारमा सूचीबद्ध नेपाली मूलका व्यवसायी समिर मास्के द्वारा स्थापित एआई कम्पनी फ्युजमेसिन को शेयर मूल्यले पछिल्ला तीन सातामा गम्भीर गिरावट देखाएको छ। गत अक्टोबर २३ मा न्यूयोर्कस्थित शेयर बजारमा सूचीकरण भएसँगै यसको प्रारम्भिक मूल्य करिब १९ डलर थियो। तर नोभेम्बर १९ सम्म आइपुग्दा सो मूल्य घटेर १ डलर ७० सेन्टको आसपास पुगेको छ, जसलाई बजार विश्लेषकहरूले अत्यन्त ठूलो गिरावटको रूपमा हेरिरहेका छन्।

कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धित विभिन्न सेवा विकास, उत्पादन र बिक्री गर्दै आएको फ्युजमेसिनले नेपालसहित विश्वका विभिन्न देशहरूमा चार सयभन्दा बढी कर्मचारीलाई रोजगारी प्रदान गरिरहेको दाबी गरेको छ। यस कम्पनीको बजार मूल्य (पूँजीकरण) अहिले करिब ४ करोड ३६ लाख ३९ हजार ४१७ डलर बराबर रहेको देखिन्छ। फ्युजमेसिन सन् २०१३ मा स्थापना भएको कम्पनी हो।

समिर मास्के नेपाली मूलका लगानीकर्ता तथा उद्यमी हुन्। उनी द्वारा स्थापना गरिएको फ्युजमेसिन अमेरिकाको शेयर बजारमा सूचीबद्ध हुन सफल भएको पहिलो नेपाली मूलको कम्पनी मानिएको छ। यसअघि नेपालका उद्योगपति विनोद चौधरी द्वारा सञ्चालित चौधरी समूहले ‘वाईवाई’ ब्रान्डमार्फत आफ्नै कम्पनीलाई अमेरिकी शेयर बजारमा सूचीकृत गर्ने योजना रहेको सार्वजनिक गरेका थिए, तर सो योजना हालसम्म औपचारिकरूपमा लागू हुन सकेको छैन।

शेयर गर्नुहोस:

5.9k
Shares