नोभेम्बर १४ मा न्युयोेर्कमा सांगितिक महोत्सव हुने न्युयोर्कका सामाजिक अभियन्तानै जुटे महोत्सव सफल पार्न यहि नोभेम्ब।र १४ मा न्युयोेर्कमा नेपाली सांगितिक कार्र्यक्रम हुने भएको छ ।
न्युयोर्क सीटीकोल मेलरोज बलरुममा हुने सांगितिक सन्ध्यामा चर्चित गायक नितेश जंग कुँवर, आशा कुँवर मुख्य आकर्षणको रुपमा रहनेछन । साथै सांस्कृतिक प्रबद्र्धक सुरेश सापकोटाकोपनि सहभागिता रहने छ ।
उनीहरुले प्रत्यक्ष साँगितिक प्रस्तुति दिने आयोजक कृष्ण आचार्यले बताए । सो कार्यक्रममा अन्य साँगितिक प्रस्तुतिपनि हुने जनाइएको छ । नेपाली मौलिकता झल्किने परम्परागत नृत्य, कला प्रदर्शनीपनि राखिने भएको छ । नेपाली संगीत तथा कलाको अन्तर्राष्ट्रियकरण गर्न नोभेम्बर १४को कार्यक्रमले उल्लेख्य भुमिका खेल्ने आचार्यको दावी छ ।
कार्यक्रमले नेपाली संगितमा भइरहेको नयाँ प्रयोगबारेपनि जानकारी गराइने जनाइएको छ . साँगितिक कार्यक्रम सफल बनाउन न्युयोेर्कका नेपाली अभियन्ताहरु कृष्ण आचार्य छिरिड शेर्पा र राजेश हमाल र एपी लामा सक्रिय रुपमा खटिएका छन ।













प्रतिक्रिया