मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
ग्लोबल नेपाली   
बोस्टन   
मुख्य समाचार   

तिहारमा बृहत् देउसी भैलो कार्यक्रम गर्ने प्याब्फोनको तयारी

तिहारमा बृहत् देउसी भैलो कार्यक्रम गर्ने प्याब्फोनको तयारी


अमेरिका, बोस्टन। अमेरिकाको बोस्टनस्थित पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्यू इङ्गल्यान्ड (प्याब्फोन)ले नेपालीहरुको महान चाड तिहारको अवसरमा ”बृहत् देउसी भैलो-२०२५” कार्यक्रम गर्ने भएको छ। हरेक वर्ष गरिदै आइरहेको देउसी भैलो कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिदै प्याब्फोनले यही आउदो अक्टोबर १९, २०२५ आइतवार आफ्नै सामुदायिक भवनमा साँझ ४ बजेदेखि ८ बजेसम्म बृहत् देउसी भैलो कार्यक्रम गर्ने तयारी गरेको हो।

यस सम्बन्धमा जानकारी दिदै प्याब्फोन कार्यसमितिका अध्यक्ष ध्रुव घिमिरेले बृहत देउसी भैलो कार्यक्रमको तयारी भइरहेको बताए। उनका अनुसार कार्यक्रमलाई सफल बनाउन कार्यसमितिका कोषाध्यक्ष संजय तिमल्सिनालाई समग्र नेतृत्वदायी भूमिकाको जिम्वेवारी सुम्पिएको छ भने, सुन्दर गुरुङ(बोस्टन लोक सुसेली समूह) लाई संयोजक र विराज गुरुङ(प्याब्फोन भजन कीर्तन समूह) लाई उपसंयोजक तोकिएको छ।

अध्यक्ष घिमिरेले जानकारी दिए अनुसार धार्मिक, सांस्कृतिक, रीतिरिवाज, परम्परा, नेपालीपन र नेपाली पहिचानको दृष्टिकोणले निकै महत्वपूर्ण महान चाड तिहारको अवसरमा धर्म, संस्कृत, परम्परा आदि को संरक्षण, संवर्धन र प्रवर्धन गर्ने र संस्था सञ्चालनका लागि आवश्यक सहयोग रकम सङ्कलन गर्ने ”बृहत् देउसी भैलो -२०२५” कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।

यसैक्रममा, अध्यक्ष घिमिरेले नेपालीहरुको महान चाड तिहारका साथै छठ पर्व तथा नेपाल सम्वतको समेत शुभकामना व्यक्त गर्दै सबै प्रवासी नेपालीहरुको मङ्गलको कामना गरेका छन्।

फाइत तस्बिर : गत वर्षको बृहत देउसी भैलो कार्यक्रमको झलक।

यस वर्षको तिहार आउदो साता अर्थात कार्तिक २ गते तदनुसार अक्टोबर १९ तारिख आइतवार (कार्तिक कृष्ण त्रयोदशी)देखि सुरुहुदैछ। नेपाली पात्रोको तिथि मिति अनुसार ५ दिनसम्म विशेष रुपमा मनाइने यस चाडको पहिलो दिन कार्तिक २ गते (अक्टोबर-१९) आइतवार काग तिहार तथा धनवन्तरी जयन्ती , दोश्रो दिन कार्तिक ३(अक्टोबर-२०) सोमवार कुकुर तिहार र लक्ष्मी पूजा, तेश्रो दिन कार्तिक ४ गते(अक्टोबर-२१) मङ्गलवार गाई पूजा, चौथो दिन कार्तिक ५ गते(अक्टोबर-२२) बुधवार गोवर्धन(गोरु) पूजा र पाँचौं दिन कार्तिक ६ गते (कार्तिक शुक्ल द्वितीया) अक्टोबर २३ बिहीवार भाइ टीका परेको छ।

शेयर गर्नुहोस:

864
Shares