मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
टेक्सस   

भण्डारीको निधन

भण्डारीको निधन


ड्यालस (टेक्सस) । नेपाली कांग्रेस महासमिति सदस्य हरिबोल भण्डारीको निधन भएको छ । अमेरिकाको टेक्ससको ग्रेनवरीमा आफ्नै निवासमा उनको मृत्यु भएको हो  ।

हिजो रातभरि नेपालको राजनीतिक घटनाक्रम टेलिभिजनमा हेरेका उनको सोही कारण तनाव भएर  मृत्युको अनुमान गरिएको छ ।भण्डारी नेपाली कांग्रेसमा लामो समयदेखि सक्रिय थिए ।

नेपालमा रहँदा उनले कांग्रेसको संगठन विस्तार र युवाहरूलाई राजनीतिको मुख्यधारमा ल्याउन उल्लेखनीय भूमिका खेलेका थिए। प्रवासी जीवनमा समेत उनी नेपाली समुदायमा विनम्र, सहयोगी र समाजसेवी व्यक्तित्वका रूपमा परिचित थिए।

टेक्सससहित अमेरिकाभर रहेका नेपाली समुदायका गतिविधिमा उनी सक्रिय रुपमा संलग्न हुने गर्थे। घटनापछि प्रहरीले प्रारम्भिक अनुसन्धान पुरा गरेर उनको शबलाई फ्युनरलहोममा पठाएको छ । मृत्युको कारणबारे भने हालसम्म कुनै प्रष्ट जानकारी आएको छैन।

टेक्सससहित सम्पूर्ण अमेरिकामा रहेका नेपाली समुदाय उनका निधनपछि स्तब्ध र दुःखी भएका छन्। अहिले नेपाली समाजमा शोकपूर्ण वातावरण व्याप्त छ।

थप विवरण आउन बाँकी छ..

शेयर गर्नुहोस:

8.6k
Shares