युलेस (टेक्सस) । नेपाली अमेरिकी समुदायलाई सेवा दिनेगरि टेक्ससको युलेसमा खुलेको पारालिगल सर्भिस अफ ट्यारेन्ट काउण्टीले ६ वर्ष पुरा गरेको छ ।
सन् २०१९ सेप्टेम्बर पहिलो साताबाट सेवा सुरु गरेकोमा अहिलेसम्म हजारौंलाई अध्यागमन, पारिबारिक समस्या लगायतमा कानुनी लगायत अन्य सेवा प्रदान गरिएको कानुन व्यबसायी सिर्जना शर्मा पोखरेलले जानकारी दिइन् । पोखरेलले त्यस अवसरमा अमेरिकामा हुने कुनै पनि घटनामा पीडितले कसरी यु भिसा हुँदै ग्रीनकार्डको प्रकृयामा जान सक्छन् भन्ने बारेमा समेत चर्चा गरिन् ।
छैठौं बार्षिक उत्सवका अवसरमा आयोजित संक्षिप्त विशेष कार्यक्रममा डेभिड डेभिस, सुशील चौधरी, एना मरी अल्डाना बस्नेतले कानुनी तथा परामर्शका क्षेत्रका विविध पक्षको चर्चा गरेका थिए ।
कार्यक्रममा सहभागीहरुले आगामी दिनमा अझै सफलता र विस्तारका लागि शुभकामना समेत दिएका थिए ।
पारालिगलले नेपाली समाज टेक्सससँग मिलेर अध्यागमनसँग सचेतना क्लिनिक चलाउने निर्णय गरेको छ । हरेक तीन महिनामा एक पटक गर्नेगरि क्लिनिक हुन लागेको समेत बताइएको छ ।












प्रतिक्रिया