मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   
मुख्य समाचार   

नेपाली महावाणिज्यदूतावासले बोस्टनमा कन्सुलर सेवा घुम्ती शिविर गर्ने

नेपाली महावाणिज्यदूतावासले बोस्टनमा कन्सुलर सेवा घुम्ती शिविर गर्ने


अमेरिका, बोस्टन। अमेरिकाको न्यू योर्क सहर स्थित नेपाली महावाणिज्यदूतावासले म्यासाच्युसेट्स राज्यको बोस्टनमा कन्सुलर सेवा घुम्ती शिविर गर्ने भएको छ। महावाणिज्यदूतावासले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद(एनआरएनए, एनसिसि), अमेरिका, म्यासाच्युसेट्स च्याप्टर, ग्रेटर बोस्टन नेपाली कम्युनिटि (जिबिएनसि), पशुपतिनाथ बुद्ध फाउण्डेसन (प्याब्फोन) लगायत स्थानीय नेपाली समुदायका क्रियाशील संघ संस्थाहरुको सहयोगमा उक्त शिविर गर्न लागेको हो।

शिविरको आयोजना यही आउदो सेप्टेम्बर ६ र ७, २०२५ (शनिवार र आइतवार)का दिन 432 Massachusetts Ave, Arlington, 02474 मा गर्ने गरी आवश्यक तयारी गरिएको छ। म्यासाच्यूसेट्स राज्यसहित छिमेकी राज्यहरु न्यू हेमसायर, रोड आइल्याण्ड, भर्मोन्ट, मेन, कनेक्टिकट राज्यहरुमा बसोवास गर्ने प्रवासी नेपालीहरुलाई आवश्यक कन्सुलर सेवा प्रदान गर्ने उक्त कन्सुलर सेवा घुम्ती शिविरको उद्देश्य रहेको छ।

फाइल तस्बिर : गत वर्ष नोभेम्बर ९ र १०,२०२४ (शनिबार र आइतबार)बोस्टनमा आयोजित कन्सुलर सेवा शिविर)

 

 

वाणिज्यदूत प्रेमबहादुर बुड्थापाले दिएको जानकारी अनुसार उक्त कन्सुलर सेवा घुम्ती शिविरबाट सेवाग्राहीहरुले राहदानी नविकरण, गैरआवासीय नेपाली परिचयपत्रको आवेदन संकलन, अधिकृत वारेशनामा प्रमाणिकरण (Power of Attorney), कागजात प्रमाणिकरण(Attestation), पर्यटक भिषा जारी(Tourist Visa), अन्य Attestation सम्बन्धी सेवाहरु, परामर्श लगायत सेवाहरु
प्राप्त गर्न सक्ने छन्।

वाणिज्यदूत बुड्थापाले उक्त शिविरको अवसर पारेर महावाणिज्यदूतावास न्यू योर्कद्वारा नेपाली समुदायलाई प्रदान गरिने सेवाहरुलाई भावी दिनहरुमा थप प्रभावकारी र उपलब्धिमूलक बनाउन समुदायसंग अन्तरक्रिया समेत गर्ने भएको छ। उक्त कार्यक्रममा महावाणिज्यदूत ददिराम भण्डारीको पनि सहभागिता रहने जानकारी दिदै वाणिज्यदूत बुड्थापाले शिविरमा आएर सेवाहरु लिइ लाभान्वित हुन सेवाग्राहीहरुलाई अनुरोध गरेका छन्। उनले उक्त शिविरबाट तीन सय सेवाग्राहीहरु लाभान्वित हुने अनुमान गरेका छन्।

स्थानीय स्तरमा कार्यक्रमको संयोजनकारी भूमिका निर्वाह गरिरहेको संस्था एनआरएनए, एनसिसि, अमेरिकाको म्यासाच्युसेट्स च्याप्टरका अध्यक्ष खुम गुरुङ(राजु)ले उक्त शिविरलाई प्रभावकारी तथा उपलब्धिमूलक बनाउन नेपाली महावाणिज्यदूतावाससंगको सल्लाह बमोजिम आवश्यक तयारी भैरहेको बताए। उनले घर दैलोमै हुन लागेको शिविरबाट आवश्यक सेवाहरु प्राप्त गरी लाभान्वित हुन नेपाली समुदायलाई अनुरोध गर्दै शिविर सफल बनाउन आवश्यक साथ सहयोगका लागि पनि सबैलाई अनुरोध गरेका छन्।

उक्त घुम्ती शिविरबाट प्रदान गर्न लागिएका सेवाहरु प्राप्त गर्नका लागि आवश्यक कागजात, शुल्क र प्रक्रियाबारेमा विस्तृत जानकारी प्राप्त गर्न महावाणिज्यदूतावास, न्यू योर्कको आधिकारिक वेबसाइडमा हेर्न वा महावाणिज्यदूततावास न्यू योर्क वा स्थानीय सहयोगी संघ संस्थाहरुसंग सम्पर्क गर्न महावाणिज्यदूतावासले अनुरोध समेत गरेको छ।

महावाणिज्यदूतावासले केही वर्षदेखि बेला बेलामा बोस्टनमा यस प्रकारको कन्सुलर सेवा घुम्ती शिविर प्राथमिकताका साथ आयोजना गर्दै आएको छ।

शेयर गर्नुहोस:

2.6k
Shares