मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य/सिर्जना   

आकाश रिसाएको दिन (कविता)

आकाश रिसाएको दिन (कविता)


शेयर गर्नुहोस:

189
Shares

  • change font
  • change font
  • change font

-प्रकाशचन्द्र खतिवडा

झुप्रो थिएन

हुरीको वितण्डा
रुख जरै सँग घोप्टिएर लडेको थियो
छानो खोल्सामा
करङ्ग सहित उछिट्टिएको थियो
र मान्छेहरु
पाखामा बसेर
धारे हात ठड्याउँदै
आकाश ताकिरहेका थिए
मौन विलौना गर्दै ।
दृश्य
धरतीलाई सह्य थिएन
धरती
प्रहारमा
चोइटिदै/उछिट्टिदै
वेवारिसे मान्छेहरुको
वारेस खोज्न
उत्तानो परेरै भए पनि
आकाश तिरै फर्केकी थिई
र मान्छेहरु
धरतीको छातीमा टेकेर
आकाशलाई सरापि रहेका थिए
क्षोभ प्रकट गरिरहेका थिए
घरवारबिहीन बनाइएको प्रति ।
धरतीको उज्यालो खोसिएको थियो
मान्छेहरु
दिउँसै राँको बाल्दै थिए
आकाश गजधम्म फुलेको थियो
झिलिक्क
आँखाहरु बेहोश थिए
पिलिक्क
मन एकोहोरिएका थिए
गड्याङ्ग
टाउकामा ढुङ्गाहरु बर्सेका थिए
 गुडुङ्ग
आकाश फुटे जस्तै थियो
र मान्छेहरु
मुसा चुटाइमा परेका थिए ।
झिलिक्क
पिलिक्क
मल्याक्क
मिलिक्क
गड्याङ्ग
गुडुङ्ग
कर्कश आवाज सँगै
झड्याम्म
बस्तीमा
आगोको मुस्लो खसेको थियो
मान्छेहरु डढेर ठुटा जस्तै भएका थिए
र धरतीको एक टुक्रो उछिट्टिएर
नदीमा समाहित भएको थियो
आकाश रिसाएको दिन ।
आकाश रिसाएर गयो
मान्छेहरुलाई भयभीत बनाएर
आफन्त गुमाउनुको पीडा
आँसु बगेर झर्‍यो परेलीबाट
घरवारविहीन
बेसहरा जस्तै
असहाय जिन्दगी घसारेर
राहत पाउने आशामा
बाटो हेरी बसे मृतकका आफन्तजन ।
मृतकको सनाखत गर्नै नसकी
मुचुल्का लेख्दै नलेखी
सुरक्षा फौज फर्केर गयो
सरकारका मन्त्री
जुँगामा ताउ लाउँदै बसे
राहतको प्याकेज
दनुवार गाँउमा गएन
श्रीपूर गाउँमा गयो रे
जहाँ आकाश रिसाएकै थिएन ।
सुन्दरहरैँचा-६, दुलारी मोरङ
     ( ९८४२०७३५२५)

शेयर गर्नुहोस:

189
Shares