मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
ग्लोबल नेपाली   
टेक्सस   

गोलीकाण्डमा भुटानबाट पुनर्स्थापित प्रधान सहित तीनको निधन

गोलीकाण्डमा भुटानबाट पुनर्स्थापित प्रधान सहित तीनको निधन


ड्यालस (अमेरिका) । शनिबार बिहान टेक्ससको ड्यालसमा भुटानबाट पुनर्स्थापित एक परिवारका तीन सदस्यहरुको गोलीकाण्डमा निधन भएको छ ।

२००८/०९ मा शरणार्थी पुनर्स्थापना कार्यक्रम अन्तरगत ड्यालस आएका ५३ बर्षिय ललित प्रधान, उनकी ३७ बर्षिया पत्नी रजनी श्रेष्ठ प्रधान र ३ बर्षिया छोरा प्रनिश प्रधानको निधन भएको हो । स्रोतका अनुसार ललितले पत्नी र छोरालाई गोली हानेर हत्या गरेपछि आफैलाई पनि गोली हानेर आत्महत्या गरेका हुन् ।

शनिबार बिहान २ः१० मा घटना भएको जानकारी ड्यालस पुलिस डिपार्टमेन्टलाई भएको थियो । प्रहरी घटनास्थलमा पुग्दा रजनी र प्रनिशको गोलीका कारण निधन भैसकेको थियो भने घाइते अवस्थामा रहेका ललितलाई तत्काल अस्पताल लगेपनि उपचारको क्रममा निधन भएको फक्स फोर न्यूजले जनाएको छ ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
ललित लामो समय नेपालको बिभिन्न भुटानी शरणार्थी शिवीरमा बसेर डेढ दशक अघि आइओएम र अमेरिकी सरकारको कार्यक्रम अन्तरगत अमेरिका आएका हुन् । स्रोतले दिएको जानकारी अनुसार उनी अमेरिका आउनु अघिसम्म मोरङ्गको पथरी शिविरमा बस्दै आएका थिए ।

प्रधानले शनिबार मात्र फेसबुकमा लामो पत्र लेख्दै मेडिकेट लगायतका सुविधाहरू नहुँदा समस्या परेकाे दुःखेसो गरेका थिए ।

नाम सार्वजनिक गर्न नचाहने भुटानी समुदायका एक अगुवाले दिएको जानकारी अनुसार प्रधान लामो समयदेखि डिप्रेसनमा थिए । रजनी उनको दोस्रो पत्नी भएको र उनको माइती काठमाडौंमा रहेकोले माइती पक्षबाट शव पठाइदिन माग भैरहेको समेत स्रोतले जानकारी दियो ।

घटना 1900 block of Dudley Street मा भएको हो ।

शेयर गर्नुहोस:

24.4k
Shares