मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल नेपाली   
टेक्सस   
मुख्य समाचार   

‘एनआरएन अभियानमा कुनै उपदेयता नभएका व्यक्तिहरु आए’ महासचिव जोशी (भिडियो सहित)

‘एनआरएन अभियानमा कुनै उपदेयता नभएका व्यक्तिहरु आए’ महासचिव जोशी (भिडियो सहित)

निर्वाचित अध्यक्ष उप्रेतीले अबको कार्यकालमा संस्थालाइ बिगार्नेलाइ कुनै पनि हालतमा खेल्न नदिने उद्घोष गरे


ड्यालस (अमेरिका) । गैर आवासीय नेपाली संघ (एनआरएनए) बद्री केसी समुहका महासचिव गौरीराज जोशीले एनआरएनको अभियानमा कुनै उपदेयता नभएका व्यक्तिहरुको प्रवेशले संस्था संक्रमणकालको अवस्थामा आईपुगेको बताएका छन् ।

‘हामीले गर्न नचाहेको पनि होइन, नसकेको पनि होइन । गर्न सकिन्छ पनि तर संस्था र अभियान बढ्दै जाँदा यहाँ पापीहरु विचौलियाहरु, ठेकदारहरु पनि सामेल भए, जसको अभियानमा कुनै उपदेयता नै छैन’ आइतबार ड्यालसमा भएको एनआरएन अमेरिकाको पदस्थापना तथा शपथग्रहण कार्यक्रममा जोशीले भने ‘जसको कुनै भुमिका छैन, जसले केही गर्न सक्दैन उनीहरुले खेल्ने ठाउँ क्रिडास्थल बन्यो यसले गर्दा हामी यहाँ आइपुगेका हौं ।’

एनआरएनए केन्द्रको निर्देशन अनुसार जुलाइ भित्र चुनाव सम्पन्न गरेर विकास उप्रेती निर्विरोध अध्यक्ष चयन भएका हुन् । तर अर्को समूहले भने अगष्ट दोस्रो साता चुनाव गर्ने भनेर कार्यतालिका बाहिर ल्याएको छ । आइतबारको शपथग्रहण कार्यक्रममा प्रमुख अतिथीका रूपमा सहभागी महासचिव जोशीले नव निर्वाचित टीमलाइ बधाइ र शुभकामना दिएका थिए ।


महासचिव जोशीले यस अघि पनि संस्थामा विचौलिया र दलालहरु सकृय हुने गरेको बताउँदै आएका थिए । तर उनीहरु को हुन उनले खुलाएका छैनन ।

केही बर्ष यता राजनीतिक पार्टी नेपाली कांग्रेस, एमाले, माओवादी पार्टीका कार्यकर्ताहरु एनआरएनएमा सकृय हुँदैं आएका छन्। विदेशमा बस्ने आम नेपालीहरु यी राजनीतिक पार्टीका कार्यकर्ताका कारण एनआरएनए संकटमा पर्दै गएको वताउँछन् । विदेशमा रहेका राजनीतिक पार्टीका भातृ र शुभेच्छुक संगठनका कार्यकर्ताको सहभागीतालाई पनि कैयौंले रुचाएका छैनन ।

यद्यपी एनआरएनएको आधार मजबुत भएको जोशीले बताए । ‘हाम्रो आधार मजुबत भएकाले यस्ता समस्या आउँछन जान्छन’ उनले भने । विदेशमा बस्ने नेपाली मजुबत भएमात्र विदेशमा बस्ने नेपालीका मुद्दाहरु प्रभावकारी रुपमा राख्न सकिने उनले बताए ।

नागरिकता देऊ, कर छुट देउ र नेपालमा लगानीको वातावरण वनाईदेऊ भनेर हामीले माग्ने होइन हामी जहाँ छौं त्यही लगानी गर्न सक्छौ जोशीले भने हामी मजबुत भयौं भने सरकार हामीसँग आफैँ लगानी गरिदेउ भनेर आउँछ ।

जोशीले एनआरएनएन अमेरिकाको नेतृत्वले अन्तिम समयमा छक्याएको वताए । ‘एनआरएनए अमेरिकाको नेतृत्वसँग हामी लचिलो हुँदा पनि अन्तिम समयमा कुर्दा पनि उहाँहरुले हामीलाई छक्याउनुभयो’ जोशीले भने-‘यो समाजिक संस्था हो व्यवहारिकता हेरिन्छ यहाँ कसैलाई छक्याउनु पर्दैन ।’

कार्यक्रममा सहभागी विजयराज भट्टराईले एनआरएनए अमेरिकाले यहाँ बस्ने नेपालीको चाहना अनुसार काम गर्न नसकेको, संस्थाको मर्म अनुसार अगाडी वढ्न असफल रहेको आरोप लगाएका थिए ।


कार्यक्रममा निर्वाचित अध्यक्ष उप्रेतीले विगतमा जुन कुराहरू हुन र गर्न सकिने थियो त्यो मुख्य कामनै हुन नसकेको उल्लेख गर्दै माफी मागेका थिए । उनले अबको कार्यकालमा संस्थालाइ बिगार्नेलाइ कुनै पनि हालतमा खेल्न नदिने उद्घोष पनि गरे ।

सो अवसरमा निर्वाचन आयुक्तले जूमबाट नवनिर्वाचित कार्यसमितिका पदाधिकारीरुलाई पद तथा गोपनियताको शपथ गराएका थिए ।

शेयर गर्नुहोस:

7.5k
Shares