मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   
मुख्य समाचार   
साहित्य/सिर्जना   

बिडिएको पाँचौं अधिवेशन सम्पन्न

बिडिएको पाँचौं अधिवेशन सम्पन्न

पन्तको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन


अमेरिका, बोस्टन। ‘रक्तदान, जीवन दान’ भन्ने उक्तिलाई संस्थाको मूल मन्त्र बनाएर परोपकारी अभियानमा जुट्दै आइरहेको ब्लड डोनर्स अफ अमेरिका(बिडिए)को पाँचौं अधिवेशन सम्पन्न भएको छ। अमेरिकाको म्यासाच्युसेट्स राज्यको ब्रेनट्री स्थित नेपाली सामुदायिक भवनमा आयोजित पाँचौं अधिवेशन गत जुलाई २०,२०२५ आइतबार सम्पन्न भएको हो।

जुलाई २० र २१ (शनिवार र आइतवार) भएको पाचौं अधिवेशनले महेश्वर पन्तको नेतृत्वमा आगामी कार्यकाल (२०२५–२०२७) का लागि नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ। नन्द रेग्मीको नेतृत्वमा गठित निर्वाचन समितिले सन् २०२३-२०२५ कार्यकालको कार्यसमितिका उपाध्यक्ष पन्तको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको घोषणा गरेको हो।

निर्वाचन समितिले घोषणा गरे अनुसार नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्ष पदमा टिका पौडेल, उपाध्यक्षहरुमा बिरोचन नेपाल, लिला श्रेष्ठ, बिजयदेव अधिकारी र झमक निरौला चयन भएका छन्। अधिवेशनले फणिन्द्र क्षेत्रीलाई कोषाध्यक्ष र गंगाबहादुर थापालाई सह–कोषाध्यक्षको जिम्मेवारी सुम्पिएको छ। त्यसैगरी, शारदा श्रेष्ठ, डा. शारदा काफ्ले त्रिपाठी, सुनिता बस्नेत, अजयराज बगाले र सम्झना आचार्य सदस्य पदमा चयन भएका छन्।

नयाँ कार्यसमिति चयन भए लगतै निर्वाचित हुनेहरुले निर्वाचन प्रमुख नन्द रेग्मी मार्फत सपथग्रहण गरेका थिए। सपथग्रण पश्चात् निवर्तमान अध्यक्ष भुषणलाल श्रेष्ठले आफ्नो नेतृत्वको कार्यसमितिको जिम्मेवारी नव निर्वाचित अध्यक्ष महेश्वर पन्त मार्फत नयाँ कार्यसमितिलाई हस्तान्तरण गरेका थिए।

पाँचौं अधिवेशन सम्पन्न भएसंगै नव निर्वाचित पन्तले अधिवेशन भव्यताका साथ सम्पन्न भएको प्रतिक्रिया दिएका छन्। अधिवेशनले आफ्नो नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेकोमा निकै खुशी व्यक्त गर्दै सबैलाई धन्यवाद व्यक्त गरेका छन्। उनले अधिवेशनले नयाँ निर्वाचित कार्यसमितिलाई आशा र भरोसाका साथ संस्थाको ठूलो जिम्मेवारी सुम्पिएको र त्यो जिम्मेवारी पूरा गर्न नयाँ कार्यसमिति इमानदारी पूर्वक सक्रिय रहने बताए। पाँचौ अधिवेशन मूल आयोजक समितिका संयोजक समेत रहेका पन्तले अधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न गर्न प्रत्यक्ष परोक्ष रुपमा साथ सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्। उनले आफ्नो नेतृत्वको नयाँ कार्यसमितिले आगामी दिनमा संस्थाको गरिमालाई थप उचाइमा पुर्याउन सबैको साथ सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।

अधिवेशनले संस्थाको विधान अनुसार गठन गर्नु पर्ने १९ सदस्यीय कार्य समितिको महासचिव, सचिव र ४ जना सदस्यहरु चयन गर्न सकेन। रिक्त रहेको उक्त पदहरु नयाँ कार्यसमितिको पहिलो बैंठकले चयन गर्ने गरी नयाँ कार्यसमितिलाई जिम्मेवारी सुम्पिएको अध्यक्ष पन्तले बताए।

बिडिएको पाँचौं अधिवेशनको अवसर पारेर बिडिएसंगको सहकार्यमा गजल यात्रा र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास),बोस्टन च्याप्टरद्वारा आयोजित ‘गजल यात्रा-६’ सम्पन्न भएको छ। ‘गजल यात्रा-६’ कार्यक्रममा गजलकारहरुले गजल गाउनुका साथै वाचन गरेका थिए। बिडिएको पाँचौ अधिवेश साहित्यिक र साङ्गीतिक माहोलमा सम्पन्न भएको सहभागीहरुले प्रतिक्रिया दिएका छन्।

शेयर गर्नुहोस:

2.6k
Shares