ड्यालस (अमेरिका) । नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूले पूर्ब राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेको विषयले त्यति ठूलो महत्व पाउनुपर्ने र पार्टी नेतृत्व तरंगित हुन नपर्ने बताएका छन् ।
अमेरिका भ्रमणमा रहेका उपाध्यक्ष श्रेष्ठले शनिबार टेक्ससमा स्थानीय नेपाली संवाददाताहरुसँग कुरा गर्दै पार्टीको निर्णयले मात्र कसैलाई भेट्नुपर्छ भन्ने कुरा नरहेको उल्लेख गरे । ‘पार्टी अध्यक्षले पनि कस कस्लाई भेट्नुहुन्छ पार्टीमा निर्णय गराएर कहिल्यै भेट्नुभएको छैन, उहाँलाई मैले फलानोलाई भेट्नुभएछ भनेर सोध्न मिल्छ ?’ उनले प्रश्न गरे ।
पार्टीका उपाध्यक्ष महासचिवले पनि पार्टीको निर्णय नभैकन अन्य दलका नेता, कार्यकर्तासँग भेटिरहेको प्रसंग उल्लेख गर्दैै श्रेष्ठले त्यस्ता कुराको कुनै अर्थ नभएको बताए । पूर्ब राष्ट्रपति भण्डारीसँगको भेटमा वामपन्थी एकताको कुरा भए नभएको बारेमा उनले कुनै खुलाएनन् । ‘अहिलेलाई वामपन्थी एकताको कुनै संभावना मैले देखेको छैन’ उनले भने ।

उनले भेटमा प्रधानमन्त्री भन्दा माथिल्लो पदमा गएका राष्ट्रपति, उपराष्ट्रपतिहरु सकृय राजनीतिमा आउन नहुने धारणा राखेको बताए । विशेषत सम्माननीयहरु सकृय राजनीतिमा फर्किनुहुदैन ।
तर आउनैपर्ने अपवादको अवस्था छ भने चाँही पुष्टी गरेरमात्र आउनुपर्छ । ‘देशलाई मेरो आवश्यकता पर्यो, देशलाई यो समस्याबाट निकास दिन्छु भन्ने पुष्टी गर्न सक्नुहुन्छ भने मात्र औचित्य पुष्टी हुन्छ’ उनले भने ।
गत साता नेपालमा छँदा श्रेष्ठले पूर्ब राष्ट्रपति भण्डारीलाई भेटेको चर्चाले नेकपा माओवादीभित्र ठूलै तरंग सिर्जना भएका थियो । विशेषत भण्डारी र श्रेष्ठले वाम एकताको विषयमा कुराकानी गरेको चर्चा बाहिरिएको छ ।












प्रतिक्रिया