ड्यालस (अमेरिका) । भानु जयन्तिका अवसरमा आउँदो आइतबार टेक्ससको ड्यालसमा ‘सरु-मुरारी सांगितीक साँझ’ आयोजना हुने भएको छ ।
सर्वोदय फाउण्डेसन नेपालको आयोजना तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको सहकार्यमा जुलाई १३ तारिक उक्त कार्यक्रम हुन लागेको हो । भानुभक्तीय रामायण वाचनका कारण निकै चर्चामा रहेकी सरु गुरागाई र मुरारी गुरागाईले उक्त कार्यक्रममा विशेष प्रस्तुति दिने भएका छन् ।
अर्भिंगको भेटघाट रेष्टुरेन्टमा हुने उक्त कार्यक्रममा सहभागी भएर राम्रो उद्वेश्यका लागि हुन लागिरहेको कार्यक्रममा सहयोग गर्न आयोजकले अनुरोध गरेका छन् । सरु र मुरारीको जोडी भर्जिनियामा बस्दै आएका छन् ।












प्रतिक्रिया