काठमाडौं- अमेरिकी दुतावास नेपालले गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्ने खतरनाक यात्राले सुरक्षा र जीवनलाई समेत जोखिममा पार्ने जनाएको छ ।
दुतावासले वुधवार जनहितमा जारी गरेको सुचनामा अवैध रुपमा अमेरिका जान खोज्दा तपाईको ज्याननै संकटमा पर्न सक्छ । मानव तस्करहरुले अमेरिकी सिमाना पार गर्न खोज्ने मानिसहरुको क्रुर रुपमा फाइदा उठाउंछन भनिएको छ । आफ्नो जीवन जोखिममा नहाल्नु होस दुतवासले भनेको छ ।
केही नेपालीहरुले पनि यसरी अवैध रुपमा अमेरिका जाने गरिरहेका वेला दुतावासले यस्तो सुचना जारी गरेको हो ।
अहिले अमेरिका प्रशासनले सीमा पनि निकै कडाई गरेको छ । पहिलो जस्तो समाते पछी छाड्ने होइन फिर्ता पठाउने नीति लिएको छ । यसरी अमेरिका आउनेलाई कुनै पनि अवस्थामा ग्रिनकार्ड नदिने पनि नियम ल्याईएको छ ।
मध्येपश्चिम क्षेत्रका केही गाउंका थुप्रै युवाहरु यसरी अवैधवाटो वाट अमेरिका जाने लहरनै चलेको थियो । अमेरिकामा यसरी अवैधवाटोवाट आउने नेपालीलाई कानुनी परामर्श दिईरहेका वासु फुलराले कुनै पनि अवस्थामा यसरी अवैध रुपमा अमेरिका नआउन सुझाव दिएका थिए ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ल्याएका कतिपय नीतिले अहिले यसरी अमेरिका छिरेका कयौं नेपालीलाई पनि अप्ठ्यारो परेको छ । कयौंले भने जस्तो काम पाएका छैनन् नेपालवाट परिवार ल्याउन सक्दैनन यसरी आउंदा लिएको ऋण वढ्दो छ ।
आपराधिक समुह, कार्टेल र मानव वेचखिनकर्ताहरुले गैरकानुनी आप्रवासीलाई निसानामा पार्छन र हिंसा रकम असुली तथा आक्रमणको सिकार वनाउंछन् दुतावासको सुचनामा भनिएको छ यो यात्राको प्रयास गर्ने धेरै जना आफ्नो गन्तव्यमा कहिल्यै पुग्दैनन् जसले उनीहरुका परिवासमाथि थप आर्थिक कठिनाई र वदनामी निम्त्यांछ ।
दुतावासका अनुसार गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्न प्रयासरत व्यक्तिहरुलार्य अमेरिकी सीमासम्म पुग्नुअघिनै रोक्न र फिर्ता पठाउन अमेरिकाले पश्चिमी गोलार्धका अन्य देशहरुसंग सहकार्य गर्दै आएको छ । यसमा मेक्सिको लगायतका अवैध रुपमा अमेरिका छिर्न प्रयोग हुने वाटोका देश पर्छन ।
हाम्रा सिमानालाई मजबुत बनाई हामी अमेरिकी नागरिकहरुको सुरक्षा गर्छौ र गैरकानुनी आप्रवास तथा मानव बेचविखनले निम्त्याउने पिडाको रोकथाम गर्छौ सुचनामा भनिएको छ ।
यसरी अवैध रुपमा अमेरिका छिरेका कयौं युवाहरु काम नपाउने, पाए पनि न्यून आम्दानी, वढी खट्नु पर्ने, कागजात नबन्ने जस्तो कारणले तनावमा रहेको वताउने गरेका छन् । धेरैको भनाई हुन्छ जे सोचेर लाखौं खर्च गरेर आईयो अमेरिका त्यस्तो रहेनछ ।
प्रतिक्रिया